२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

विश्वकपको दोस्रो म्याच खेल्न गएका साउदी अरबका खेलाडी चढेको विमानमा आगो लाग्यो

2212 Shares
Spread the love

एजेन्सी। भोलि बुधबार उरुग्वेविरुद्ध रोस्तोभमा हुने विश्वकपको आफ्नो दोस्रो खेल खेल्नका लागि सेन्ट पिटसबर्गबाट रोस्तोभ जाँदै गरेका साउदी अरबका खेलाडीहरु चढेको विमानमा आगो लागेको छ । एसियन एयरलाइन्सको एयरबस जेटमा प्राविधिक गडबढी आएका कारण विमानमा आगो लागेको बताइएको छ ।

सोमबार राती भएको दुर्घटनामा सबै खेलाडी सुरक्षित रहेको समेत अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । विमानमा प्राविधिक गडबडी देखिएको केही समयमै आगो लागेको थियो । यद्यपि पाइलटले सुझबुझका साथ रोस्तोभ विमानस्थलमा विमानलाई सुरक्षित अवतरण गराएका छन् । विमानमा कति जना सवार थिए भन्ने विषयमा विस्तृत जानकारी आइसकेको छैन ।

अन्तर्राष्ट्रिय मिडिया ‘द गार्डियन’का अनुसार विमानको बाहिरी भागमा आगो देखिएको थियो । रिपोर्टका अनुसार आगो इन्जिनको नजिकै लागेको थियो । यो घटनाका केही भिडियो पनि भाइरल भएका छन् । यी भिडियो विमानमा बसेका खेलाडी र यात्रुले बनाएको बताइएको छ । भिडियोमा विमानको एउटा विंगमा आगो लागेको देखिएको छ ।

एसियन एयरलाइन्सले भने विमानमा आगो लागेको कुरा अस्वीकार गरेको छ । एयरलाइन्सले विमानमा चरा ठोक्किएका कारण इन्जिनमा खराबी आएको दावी गरेको छ । साउदी अरब फुटबल फेडरेशनले ट्वीट गर्दै भनेको छ ‘हामी सबैलाई आश्वस्त पार्न चाहन्छौं कि विमानमा प्राविधिक खराबीको घटनापछि टिमका सबै खेलाडी सुरक्षित छन् ।’

प्रतिक्रिया