लण्डन । १२ वर्ष वेलायत बस्यो भए नभएका कागजपत्र पेश गर्यो बेलायती पासपोर्ट बोक्यो अनि भोलि पल्ट दिएको पार्टी नसकिदै पर्सीपल्टबाट नेपाली नागरिकताको नारा लगाएर कहिले नथाक्ने एनआरएनए बेलायतले कहि नभएको जात्रा हाडी गाउँमा भने जस्तै एउटै एजेण्डामा २००५ वाट अहिलेसम्म विना गृहकार्य बेलायती नेपालीलाई नागरिकता लली पपमा अनावश्यक बहस गर्दै करोडौ रुपिया सकेको छ ।
आफ्ना राजनैतिक दलसंग नजिक सबैलाई बोलाएर पालैपालो खादामाला लगाउँने र असभ्य अभ्यासले संस्थाको साख गिर्दो छ । भुईको टिप्न खोज्दा खल्ती नै झरेको यो अप्राकृतिक परम्पराले निरन्तरता दिदाँ दिन प्रतिदिन समाजमा घृणा र समाजनै विभिन्न धारमा छुट्टिएर यसको विकल्प खोज्न गाईगुई छ्लफल पनि शुरु भएको छ ।
चुनाव जित्नकै लागि जर्बजस्ति बनाइने डमी सदश्य , चुनाव जित्नकै लागि अपनाइने असभ्य व्यवहार, पढेलेखेका सिप ज्ञानयुक्त मान्छेहरू संस्थामा आउन नमान्नु, खर्च गर्न सक्नेको वर्चश्व बढ्नु, नेपालीका हितमा भन्दा पनि राजनैतिक दलका कार्यकर्ता र नेताको प्लेटफर्मको रुपमा यसलाई प्रयोग गर्नु यसलाई अविश्वाश गर्ने मुख्य आधार भएका छन ।
सरकारका मंत्रीहरुले एनआरएनए पोलीसीलाई होस्टाइल वातावरण बनाए यता गतवर्ष परराष्ट मन्त्रालयले प्रवासी नेपालीको मुद्धा सिधै सम्वोधन गर्ने निति लिएको छ । एनआरएनए कार्ड मार्फत लगभग स्वदेशका सामाजिक तथा आर्थिक क्रियाकलापहरु गर्न सकिने भन्दै एनआरएनएको मागी खाने भाडो नागरीकता बहस टुङगाएको छ । एनआरएनए अभियन्ताहरुको आवश्यक अभ्यास नपुगेको हो या त्यस्ता विज्ञहरुको कमीका कारण नेपाल सरकारको ध्यानाकर्षण गर्न एनआरएनए पूर्ण विफल भएको छ ।
चुनावमा धाधलीको आरोप लागेको एनआरएनएको नव निर्वाचित यूकेको टिम भित्र रहेको इङ्गलाण्ड राज्य परिषद आयोजक रहने गरि सम्पन नागरिकता बहस भनेर नाम दिइएको सन २०२० जनवरीमा ५ मा अल्ट्राशटमा सम्पन्न कार्यक्रमबाट नेपालीहरुको सोच , अभ्यास र नतिजा छताछुल्ल भएको छ । कार्यक्रम व्यवस्थापन , बहस शैली र प्रयोगले हाम्रो तल्लो चेतनाको स्तर बाहिर ल्याई दिएको छ । नागरीकता बहस नाम दिइएर बोलाइएको कार्यक्रममा नेपाली राजदुताबासका कोही प्रतिनिधि थिएनन न त नेपाल सरकारका कोही प्रतिनिधि । सामाजिक अभियन्ता र पत्रकारलाई प्रश्न सोध्न रोक लगाउँदै कागजको टुक्रोमा प्रस्न सोध्न गरेको अनुरोधले आयोजकको ज्ञान, अध्ययनको स्तर अनि आफ्नै सदश्यसंगको डर , त्रासले कार्यक्रमको असक्षमता प्रष्ट छचल्किएको थियो । राणा शासनको शैलीमा गरिएको बहसलाई पत्रकारहरुले वहिष्कार गरेका थिए ।
यस्ताखाले असामाजिक प्रयासले समाजमा अराजकता र विभाजन ल्याउने प्रायः सुनिश्चित छ । नेपाल र नेपालीका हितमा गर्नुपर्ने काम हुँदा हुदै पनि कामै नपाएको बुढी कुनी के भने जस्तै आफै धामी आफै बोक्सी रणनीतिले एनआरएन पैसा र संख्यामा राजनीति गर्ने दलाली संस्था जस्तो देखाउँछ । जसको शक्ती उसको भक्ती भन्दा पनि गुण र दोषका आधारमा स्थान दिने गुणस्तर र दक्ष नेतृत्वको संस्थामा खडेरी परेको छ ।