२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हङकङमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ, लाखौमाझ ‘भिजीट नेपाल २०२०’ को सन्देश

1230 Shares
Spread the love

हङकङमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ, लाखौमाझ ‘भिजीट नेपाल २०२०’ को सन्देश
हङकङ: हङकङमा भिजीट नेपाल २०२० को भब्य रुपमा उद्घाटन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा आज एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईले गर्नुभएको थियो । नेपाली महावाणिज्यदूतावास
हङकङको आयोजना ग़ैर आवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सह-आयोजनामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित विभिन्न जातीय भेषभूषमा सजीएर भिजीट नेपालको भब्य प्रचार गरिएको हो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङ, नेपाली महासंघ जन सम्पर्क हङकङ, प्रवासी नेपाली एकता मंन्च हङकङ, नेपाली समाज हङकङलगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । नेपाल भ्रमण वर्षको उद्घाटन लगत्तै ५ वटा खुल्ला बसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टा हङकङ साइट परिक्रण गरिएको हो ।

नेपाल भ्रमण वर्ष प्रबद्र्धन समिति सदस्य सचिव तथा गैर आवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) का अनुसार हङकङको निकै ब्यस्त शहर सेन्ट्लमा भएको कार्यक्रममा ५ सय जनाको हाराहारीमा नेपालीको उपस्थिति थियो ।

हङकङको सेन्ट्ल शहर पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात छ । जहाँबाट डेढ घन्टाभन्दा बढी बसमा दायाँ बाँया ठूल्ठूलो ब्यानर, टिसर्ट, प्लेकार्ड, नेपाली झण्डा, टोपी र विभिन्न जातीय भेषभूष तथा झांकीसहित भिजीट नेपालको प्रचार प्रसार गरिएको सदस्य सचिव राधिका गुरुङले बताउनुभयो ।

निकै ब्यस्त शहर हङकङमा यो कार्यक्रमले लाखौ माझ भिजीट नेपाल २०२० सन्देश पुगेको छ । हङकङमा खुल्ला बसमा कहिल्यै पनि यसरी प्रचार गरिएको थिएन । ठूल्ठूला बसमा भिजीट नेपालको प्रचार गरिरहँदा पैदल यात्री, ब्यापारी तथा सर्वसाधारणले निकै उत्सृकतापूर्वक चासो दिर्दै प्रचार अभियानलाई सकारात्मक रुपमा लिएको र नेपाल भ्रमण गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका थिए । नेपाली महावाणिज्य दूतावास आयोजक र एनआरएनए हङकङ सहआयोजक रहेको भिजीट नेपाल २०२० कार्यक्रममा हङकङ डलर १ लाख खर्च भएको छ ।

यसअघि नेपाल भ्रमण वर्षलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रबद्र्धन समिति हङकङ गठन गरिएको थियो । नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहने गरि सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ र नेपाल बायुसेवा निगमलाई राखिएको थियो ।

त्यस्तै, सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङलाई राखिएको थियो ।

प्रतिक्रिया