२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कतार घेदुङले १७ जनवरीमा ल्होछार मनाउँदै

1693 Shares
Spread the love

दोहा, कतार घेदुङले १७ जनवरीमा ल्होछार मनाउन लागेको हो।

मञ्जुश्री संवत् २८५६ औं सोनाम (जिवा, नाम्यूङ ल्हो) अर्थात (मुसा) बर्षको ल्होछारको अबसरमा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारद्वारा आयोजित २८५६ औं  सोनाम जिवा-ल्हो  ल्होछार  तथा प्रथम वार्षिकउत्सव-२०२० बृहत् साँस्कृतिक कार्यक्रम सनैयाको ग्रान्डमल स्थित  “एशियन टाउन, क्रीकेट स्टेडिएम हलमा”  हुन लागेको अध्यक्ष ज्ञानमान थिङ तामाङ (तारा) ले जानकारी दिनुभएको छ।

ल्होछार तामाङ समुदायको राष्ट्रिय महान पर्व हो।  यस पर्वलाई प्रवासमा रहेर पनि संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यका साथ हर्ष उल्लासमय वातावरणमा नेपाल बाट आमन्त्रित अतिथी कलाकारु: तामाङ डाजाङ का अध्यक्ष तथा तामाङ सेलो गायककार, संगीतकार  फुल कुमार बम्जन, समुधुर स्वरकी खानी चर्चित गायिका पुर्णिमा लामा र गायककार तथा संगीतकार शुभ घलान तामाङ को साथमा स्थानीय कलाकारहरुद्वारा विभिन्न सांस्कृतिक कोसेली प्रस्तुति पस्किने, झाँकीहरु प्रस्तुत गरि उत्सवको रुपमा मनाउन गैरहेको हुँदा कतारमा रहनु भएका सम्पुर्ण नेपालीहरुमा  उक्त दिन गरिमामय उपस्थितीको लागि निमन्त्रणा गर्दै व्यबस्थापनमा कुनै पनि त्रुटि नरहने र ल्होछार प्रेमीहरुको बृहत् उपस्थिति को बिच कार्यक्रम ऎतिहासिकमय सम्पन्न हुनेमा आयोजक बिश्वास रहेको छ।

कार्यक्रममा लामा गुरुहरुद्वारा बौद्धधार्मिक विधि अनुसार बिशेष पुजापाठ बाट सुभारम्भ हुने, लामा नाच तथा विभिन्न झाँकी प्रदर्सन हुने।  ताम्बा घेदुङ ले तामाङ हरुको संस्कार संस्कृति रितिरिरिवाज कस्तो हुन्छ भन्ने बारेमा प्रस्टाउने गरि आफ्नो प्रस्तुति राखिने छ।  अतिथी कलाकारहरुको साथमा  संस्कृति घेदुङका स्थानीय कलाकारहरु:- (नृत्य प्रस्तुतितर्फ): कोरियोग्राफर/डान्सर, बाबुलाल घिसिङ (आदम),  डान्सहरु:-  सुन्तु तामाङ, उत्तम तामाङ, आइती तामाङ, प्रशान्त तामाङ, किरण तामाङ, जेम्स तामाङ, प्रकाश तामाङ, दावा तामाङ, मन्जु तामाङ, गोइजिन तामाङ, सबिना तामाङ, संजिता मोक्तान , प्रीय माया योञ्जन, संजिता पाख्रीन, सुरक्षा गोले, जीवन तामाङ, कल्पना तामाङ, सन्चमाया तामाङ, मिना तामाङ, मुना तामाङ, मान कुमार तामाङ, (गायन प्रस्तुतिमा):-  नानु घले, गौतम तामाङ, प्रनिल तामाङ, अरुण योञ्जन लामा, युवराज योन्जन लामा, आशा राई, सुर्जे ब. तामाङ लगायत का थुप्रै कलाकारहरुद्वारा बेजोड प्रस्तुति पस्किने छ।  साथमा डम्फु नाच, फापरे सेलो, तामाङ सेलो , तामाङ गित, म्हेन्दोमाया गित र नृत्य, गायन दुवै विधामा बेजोड साँस्कृतिक प्रस्तुति रहने संस्कृति घेदुङ कतारका अध्यक्ष हिरे तामाङ ले जानकारी दिनु भयो ।

२८५६ औं सोनाम ल्होछार मुल समारोह को संयोजकको भुमिका संस्थाका उपाध्यक्ष वाङ्ज्यु लामा, र  समारोह व्यबस्थापनको जिम्मेवारी फुर्वा साङ्गे तामाङ रहेका छन्।

नोट:  कार्यक्रम स्थलसम्म आवतजावत गर्नको लागि निशुल्क: यातायात को सुविधा तथा खानाको उचित व्यबस्था रहनेछ।

प्रतिक्रिया