दक्षिण कोरिया – हामी नेपाली दक्षिण कोरियाद्रारा पिडित सुरज जिसीलाई आर्थिक सहयोग गरेको छ ।
प्युठान जिल्लाका सुरज जिसी ई. पी .एस .(EPS) मार्फत कृषिमा काम गर्न आएको करिब डेढ महिना २०१९ मार्च ६ तारिक कम्पनी मालिकको आग्रह अनुसार गाडी चलाउदा दुर्घटना परी विभिन्न अस्पतालहरूमा उपचार गर्दै आउदा पनि सन्चो नभइ हाल 의정부 ९ 아이엠 요양 병원० मा उपचार क्रममा नै रहेको हुदा हामी नेपाली दक्षिण कोरियाले ५ लाख वन सहयोग गरेको हो।

दुर्घटना पर्दा कोरियामा रहेका केहि समाजसेवीहरूले भेटघाट गरी फोटो पोस्ट गरेता पनि आर्थिक सहयोग नगरेको जानकारी सुजन जिसीले दिए र सुरूमा जनसम्पर्क समिति दक्षिण कोरियाकी अध्यक्ष आस्था बिन्दु मल्लको नेतृत्वमा केहि पहल भएको र पछि लामो समय अनि बेला बेला अस्पताल परिवर्तन गरिरहेको हुदा राप्ती समाज दक्षिण कोरियाका केहि प्रतिनिधिले पनि भेटघाट गरेको तर आर्थिक सहयोग बारे प्रत्रिया नचालेको हुदा विगत घटना क्रम देखि हाल सम्म हरेक आर्थिक रूपमा एन.आर.एन. आई.सी.सी (ICC Member ) सदस्य लक्ष्मी गुरूङले गरिरहेको साथै हालसम्म पनि हेरविचार गर्दै आएको कुरा हामी नेपाली दक्षिण कोरियाका महासचिव ओमलाल ओलीले जानकारी दिए ।अझै सहयोग अपुग रहेको हुनाले सहयोग गर्न मन हुने महानु भावहरुले बिरामीलाई प्रत्यक्ष सहयोग गर्न सक्नु हुन्छ ।