२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मलेसियाको पेनाङ्गमा सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुँदै

1847 Shares
Spread the love

पेनाङ्ग – मलेसियाको पेनाङ्गमा सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपाल तामाङ घेदुङ क्षेत्रिया समिति पेनाङ्गले पहिलो एेतिहासिक अधिबेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं (नाम्युङ जिवा ल्हो (मुसा वर्ग) को पावन अबसर पारेर सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रमको अयोजना गर्ने लागेको हो । जनवरी २६ तारिखको दिन पेनाङ्ग स्थित दि गार्डेन होटेलमा लामा गुरु द्धारा पुजासँगै स्थानीय कलाकारहरुको साथमा कार्यक्रम भव्य रुपमा मनाउने तयारीमा लागेको हो ।

विश्वा भरि छरिएर बसेका सम्पूर्ण तामाङ हरु एक हौ, ताम्सालिङ प्राप्तीको लागि एक जुट हौ” भन्ने मुल नारा लाई आत्मा साथ गर्दै सन् २००५ स्थापना भएको नेपाल तामाङ घेदुङ मलेसिया र तत्कालीन तामाङ समाज मलेसियाको गत २०१९जुन २१ मा एकीकृत भए पश्चात् तामाङ जातिको महान राष्ट्रिय पर्व सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष रामकाजी घ्लानले जानकारी दिएको हो । उक्त कार्यक्रमको प्रयोजन सन रेड इन्टरपुरेन्स डेभलमेन्ट SRED(sun red entrepreneur development)ले  गर्ने भएको छ।

उक्त कार्यक्रम नेपाल तामाङ घेदुङ मलेसियाका केन्द्रीय अध्यक्ष राजेन्द्र वाइबा तामाङको प्रमुख अतिथ्यमा हुनेछ भने लोपोन उर्गेन दोर्जे लामा द्वारा मोलाम पुजा गरिने छ । त्यस्तै कार्यक्रमलाई विशेष बनाउन कलाकारहरुको बिजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । स्थानीय कलाकार हरुमा क्रीन्जाल योन्जान तामाङ ,मिस्टेक लामा ( तामाङ ),निशा राहु, बाबु बिबस,अमीर लोप्चान तामाङ ,सबिना लोप्चान,सबिन लोप्चान, रुपा तामाङ ,बिशाल तामाङ ,बसन्ती घिमिरे तथा आयोजक कलाकारहरु जिवान तामाङ, सानू तामाङ,अनिल तामाङ,कुलदास दोङ तामाङ, सनिता तामाङ (जन्बी ),बिजय लामा,सुनैना लोप्चानको बीजोड प्रस्तुति रहने छ ।

प्रतिक्रिया