1215
Shares
लण्डन । विवाहित महिलाहरुको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस युनिभर्समा बेलायतकी बिनु लामिछानेले युनिर्भस डिभाइन उपाधि जितेकी छन् । सोमबार गोङ्जाओमा सम्पन्न भएको ४२ औं मिसेज युनिर्भस २०१९ मा नेपाली चेली लामिछानेले युनिर्भस डिभाइन उपाधि हात पारेकी हुन् ।

‘मिसेस युनिभर्स २०१९ को उपाधि भने म्यानमारले जित्न सफल भएको छ । मिस युनिर्भसमा ९० देशका विवाहित महिलाहरुको सहभागिता थियो ।
बिनु बेलायतमा स्थापित लन्डन फेसन हाउनले आयोजना गरेको टुडेज् विमन्स मिस नेपाल युके २०१८ की विजेता हुन् । मिस नेपाल यूके २०१८ की विजेता भएकाले बिनु लामिछाने घिमिरेले मिसेज युनिर्भस प्रतियोगितामा सहभागी हुने अवसर पाएकी हुन् ।