लण्डन । नेपाली वेलफेयर सोसाइटी युकेको प्रथम बैठक गत शनिबार २८ डिसेम्बर २०१९ का दिन लण्डनस्थित हन्स्लो स्पोर्टस् क्लवमा सम्पन्न भएको छ ।
गत २४ नोभेम्बर २०१९ मा गठन भएको कार्यसमितिको पहिलो सो बैठकले समाजका सक्रिय सदस्यहरु श्याम बहादुर सार्की, हरिशचन्द्र नेपाली, उदी नेपाली, लालबहादुर नेपाली, हेमलाल सार्की, दिलबहादुर सार्की, रामबहादुर नेपाली(१), रामबहादुर नेपाली(२), गोपाल सिंह नेपाली र गंगाबहादुर सार्कीलाई समाजको सल्लाहकारमा चयन गरेको छ । त्यस्तै, दिल नेपाली र संजय नेपाली कार्यसमिति सदस्यमा चयन भएका छन्।
बैठकले नेपालीहरुको महान पर्व दशैं तथा तिहार र नेपाली नयाँ बर्ष मनाउने, वेवसाइट निर्माण, विधान लेखन, कोष संकलन, सदस्यता वृद्धि, परोपकारी कार्यहरु गर्ने लगायत निर्णय गरेको छ ।
त्यस्तै, बैठकले आगामी १२ अप्रिल २०२० आइतबारका दिन एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाली नयाँ बर्ष २०७७ मनाउने र आगामी ४ अप्रिल २०२० का दिन कार्यसमितिको दोस्रो नियमित बैठक बस्ने निर्णय गरेको छ ।
नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धन बहादुर सार्कीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष पूर्ण बहादुर नेपाली, महासचिव सर्मिला नेपाली, कोषाध्यक्ष थम सार्की, सचिव सम्शेर नेपाली, सह–कोषाध्यक्ष किरण नेपाली र सदस्यहरु धरमेन्द्र बौडेल, आशादेवी रोका, बुद्धि नेपालीको उपस्थिति रहेको थियो ।
त्यस्तै, वरिष्ठमा सल्लाहकार गोपाल रोका, साधारण सदस्य गंगा रोका र अरमण बौडेलको समेत बिशेष उपस्थिति थियो ।