२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली ग्लोबलका उपाध्यक्ष नबराज केसी न्यूयोर्कमा सम्मानित

1942 Shares
Spread the love

न्यूयोर्क-विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिका उपाध्यक्ष तथा सामाजिक अभियान्ता नबराज केसी सम्मानित भएका छन् ।

अमेरिकन हाउस अफ रिप्रेजेन्टिटिभ र अमेरिकन कंग्रेसकी सदस्य ग्रेस मिङद्वारा हस्ताक्षर गरिएको प्रोकेलेमेसनमा केसीलाई लाईफ टाइम अचिभमेन्टबाट सम्मान गरिएको हो ।

अमेरिकाको डिक्युन विश्वविद्यालय पिटस्बर्गबाट ग्लोबल लिडररशिपमा स्नातोकोत्तर गरेका केसीले अमेरिकामा रहेका नेपालीहरु लक्षित विभिन्न सामाजिक अभियान चलाइरहेका छन् । सम्मान कार्यक्रममा न्यूयोर्कका काउन्सिल सदस्य फर्नान्डो काब्रेराको पनि उपस्थिती रहेको थियो ।

केसी हाल रोटरी क्लब कुइन्सका अध्यक्ष समेत हुन् । विदेशी भूमिमा बसेका नेपालीहरु लक्षित सामाजिक अभियान चलाएको भन्दै प्रोत्साहन स्वरुप सम्मान गरिएको हो ।

प्रतिक्रिया