आशिष तामाङ “M.T.”
काठमाडौँ । विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको संस्था हामी नेपाली मलेसिया राष्ट्रिय समितिले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्धेश्यले जनवरी १ तारिखमा जोहोरको मलेसियामा “हामी नेपाली मलेसिया कप , मैत्रीपूर्ण फुटबल प्रतियोगिता -२०२० ”हुने भएको छ।

मलेसिया रहेका नेपालीहरूलाई एकजुट पार्ने मूल लक्ष्य तथा उद्देश्य बोकेको यस संस्थाले त्यस कार्यलाई अझ मजबूत बनाउन र सदस्यहरूमाझ सौहार्द्धता तथा मैत्रीपूर्ण भावना कायम गर्ने उद्देश्यले प्रथम पटक मलेसियाको जोहोरमा हामी नेपाली मलेसिया कप -२०२० गर्न लागेको हामी नेपाली ग्लोबल मलेसियाका लागि नेपाली कन्सुलर पासाङ लामाले जानकारी दिनु भएको हो।

प्रतियोगितामा बिजेता हुने समुहले शिल्ड तथा प्रमाण-पत्र पुरुस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक सुरेन आले मगरले बताए ।

आम्दानीबाट हुन आएको बाँकी रकम यस हामी नेपाली मलेसिया राष्ट्रिय समितिद्वारा अपत्कलिन कोष र आगामी सामाजिक कार्यहरूका लागि खर्च सुरक्षित गरिने अध्यक्षः प्रकाश वाईवाले जानकारी दिनु भएको छ।

मिति : जनवरी १, २०२०
स्थान : जोहोर ,मलेसिया
समय : बिहान ८:३० बजे
जानकारीको लागि सम्पर्कः सुरेन आले मगर (खेलकुद निर्देशक – हामी नेपाली मलेसिया)
फोन: ६०११६०५५२०६८
बैंक खाता : १५१५४८१६४४६९ (Magar May Bank ) ,Suren Ale Magar
