२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सदस्यता परिचयपत्र वितरण सुरु

1560 Shares
Spread the love

लिस्बन, पोर्चुगल

गैरआवासीय नेपाली संघ पोर्चुगलले आप्mना सदस्यहरुको परिचय पत्र वितरण सुरु गरेको छ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्को कार्यालयले परिचयपत्र छापेर पठाएपछि पोर्चुगलले आप्mना सदस्यहरुलाई वितरण गर्न सुरु गरेको हो ।

अध्यक्ष तिलक गैरेका अनुसार एनआरएनए पोर्चुगलका २ हजार १ सय ७८ सदस्यहरुको परिचय पत्र प्राप्त भएको छ ।

शनिबार पोर्चुगलको राजधानी लिस्बनस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा संघका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाललाई परिचयपत्र प्रदान गरी सदस्यहरुलाई परिचय पत्र प्रदान गर्न सुरु गरिएको हो ।

कार्यक्रममा अध्यक्ष गैरेले संस्थापक अध्यक्ष हमाललाई परिचयपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष हमालले पोर्चुगलमा नेपाली नेपालीहरुबीचको एकतालाई कायम राख्दै चुनावी प्रतिस्पर्धा बिर्सेर समुदायको हितमा एकताबद्ध भई अगाडि बढ्न आग्रह गरे ।

त्यसअघि पोर्चुगल भ्रमणमा रहेका सिने पत्रकार नरेश भट्टराईलाई संघका तर्फबाट स्वागत तथा सम्मान गरिएको थियो ।

घर आँगन नेपालले सञ्चालन गरेको किनौं हेली बचाऔं चेली अभियान अन्तर्गत भट्टराई पोर्चुगल आएका हुन् ।

उनको उपस्थितिमा आगामी साता लिस्बन सहित पोर्चुगलका विभिन्न सहरमा मिलन च्याम्स निर्देशन नेपाली चलचित्र बीर बिक्रम २ प्रदर्शन गरिने जनाइएको छ । चलचित्र प्रदर्शनबाट संकलित रकम घर आँगनलाई हस्तान्तरण गरिने पत्रकार भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया