लण्डन । गैर आवासीय नेपाली संघ अहिले कुनै सामाजिक संस्था भन्दा नेपालको कुनै दलको भ्रातृ संस्था जस्तो भएको छ ।
गैर आवासीय नेपाली संघले आफ्नो काम कर्तव्य र अधिकार बिर्सेर विदेशमा भारतीय दुतावास घेर्ने काम गर्यो, जसले नेपाल र भारतबीचको सम्बन्धमा तीतो मात्र थपेन,
क्रुद्ध मोदी सरकारले माधव नेपाल र केपी सरकारलाई भेट गर्ने समय सम्म नदिएको छापाहरुले बताएका छन् । जसले गर्दा मुद्दामा सहायोगको सट्टा समाधानको कूटनीतिक पहलमा सम्म बाधा पुगेको छ ।
संस्थामा अघिल्लो दुइ कार्यकाल उपाध्यक्ष रहेर चरम भ्रस्टाचार गर्न मलजल गर्ने वातावरण सृजना गर्ने वर्तमान अध्यक्ष पन्त नै रहेको बिगतमा भवन भट्ट र शेष घलेलाई असफल बनाउन संघको प्रमुख लगानीको बिभाग लिएर माक्खो काम नगरेका पन्त अरुको कार्यकाल राम्रो भए आफु अध्यक्ष बन्न नपाउने लगानीका प्रोजेक्ट नै होल्ड गरे । आफ़्नो पालना गर्न पाए अरबौं कुमल्याउन सजिलो हुने ध्येयले अर्थिक रुपमा पनि संस्था टाट पल्टाउन भूमिका खेलेको आरोप उनीमाथी लागेको छ ।
यो भूमिका खेल्नुमा निवर्तमान महासचिव बद्रि केसी प्रमुख योजनाकारका रुपमा लिइएका छन् । संघलाई नेकपामय बनाउने, मानव तस्कर गर्ने र माफियाहरुसंग मिलेर गैर आवासीय नेपालीका नाममा हालीमुहाली गर्ने सोच प्रमुख रहेको आरोप लाग्ने गरेको छ । यसै योजना अन्तर्गत अर्को कार्यकालको अध्यक्ष जसरी पनि आफु बन्ने योजना अनुसार बद्रि केसीले जताततै आफु अनुकूल नेकपा समर्थित व्यक्तिहरुलाई नियुक्ति गर्ने अन्यलाई पाखा पार्ने काम सुरु गरेका छन् ।
आइसीसीमा नियुक्ति पाएका अधिकांश नेकपा समर्थन गर्नेहरु रहनुले संघलाई दीर्घकाल सम्म प्यारालाइज गरेर लैजाने देखीएको छ ।
यता खुरापात र षड्यन्त्रमा माहिर मानिएका बद्री केसी कुमार पन्तको कार्यकाल असफल बनाएर आगामी कार्यकाल आफु हत्याउने योजनामा साथ अहिलेका महासचिव हेमराज शर्माको साथ रहेको बताउने गरिएको छ ।
भवन भट्ट र शेष घलेको कार्यकालमा बनेका परियोजना र कार्यक्रमहरू कार्यान्वयन गर्ने अहिले निर्वाचित अधिकांश पदाधिकारीहरू नै थिए । तर अहिले महासचिव शर्माले भाइ चिरन शर्मा मार्फ़त सूचना लीक गराएर भट्ट र घलेको कार्यालय भ्रष्ट रहेको भनि प्रमाणित गर्न मीडियामा लागेको आलोचकहरू बताई रहेका छन् ।
महासचिव शर्मा र उनका भाइ चिरन बाहिर कांग्रेस हुं भन्ने तर भित्र नेकपाको टिकट लिएर कांग्रेस नै मास्ने खेलमा लागेको आलोचकहरु बताउने गर्छन् । यसो गर्दा माफियाहरुको मोटो रकम पनि पाइने र संघमा हालीमुहाली गर्न पनि पाइने दोहोरो फाइदा उनलाई छ ।
कति सम्म भने गत चुनावमा दिलो ज्यान दिएर पन्तलाई सहयोग गरेका गैर आवासीय नेपाली संघका हस्ती रामशरण सिम्खडालाई प्रवक्ता बनाइए आफुलाई माइनस गर्ने सिम्खडाको चलखेल बढ्ने भन्दै उनलाई रोक्न शर्माले भिटो नै प्रयोग गरी सिम्खड़ालाई रोकेर पन्तलाई प्रभावमा पारेर डिबि क्षेत्रीलाई प्रवक्ता बनाउन सहयोग गरेको बताइन्छ ।
समग्रमा पन्त काम गर्न भंन्दा प्रचारवाज़ी र अध्यक्ष लड़दा ख़र्च भएको करोडौं रूपैयां असुल गर्न लागीपरेको उनका आलोचकहरूको राय छ ।
फर्जी मतदाता खडा गरी संस्था कब्जा गर्ने देखि भ्रस्टाचार लाई संस्थागत गर्ने सम्म का कामहरु एक तिर भै रहेका छन् भने दोहोरो नागरिकता जस्तो सबै एन आर एन लाई चासो रहेको विषयमा नयाँ नेतृत्व मौन छ।यस्तो अवस्थामा ग़ैर आवासीय नेपालीहरूले खोजेको ग़ैरराजनीतिक बिशुद्ध कल्याणकारी समानान्तर संस्था जहाँ विदेशी पासपोर्ट बोक्ने नेपालीहरूलाई समेटने युवाहरूको नेतृत्व रहने ‘पीपल अफ नेपाली अरिज़िन’ (पीएनओ) नामक संस्था खोल्ने सम्बन्धि बहस पनि सामाजिक सन्जालमा सुरु भएको छ ।