उज्वल गजुरेल
स्पेन – हास्यव्यंग्यात्मक प्रस्तुतिका हस्तिहरुको फिल्म छ माया छपक्कै स्पेनका विभिन्न शहरहरुमा भब्य प्रदर्शन पछि शनिबार म्याड्रिडमा प्रर्दशनीको तयारीमा रहेको छ । स्पेनको पर्यटकीय नगरी बार्सिलोना,बेनिड्रम लगायत विभिन्न शहरहरुमा सफल प्रदर्शन पछि म्याड्रिडमा प्रदर्शन हुदैछ लामो समयदेखि हास्य कलाकार
दीपकराज गिरी र दीपाश्री निरौलाको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ स्पेनको बार्सिलोनामा प्रदर्शन हुने भएको छ। स्पेनको लागि साहारा इभेन्टसका अध्यक्ष तथा एनआरएनए स्पेन सचिव मेघनाथ ढकालले भने नेपाली पानीको सन्दर्भमा फिल्ममा ब्यङ्यात्मक प्रस्तुत रहेको छ माया छपक्कै फिल्म अन्य फिल्मको तुलनामा सफल फिल्म भएको दाबी समेत गरेका छन् । गम्भीर राजनैतिक विषयलाई हास्यप्रधान तरिकाले प्रस्तुत गरिएको यस चलचित्रलाई नेपालमा दर्शकहरुले अत्याधिक रुचाएका थिए। उच्चतहका नेताहरुले समेत चलचित्रलाई हेरेर प्रतिक्रिया दिईरहेको बेला प्रवासमा बसेर पार्टीको झन्डामुनि राजनीति गर्न रुचाउने नेपालीहरुलाई समेत ब्यङ्यात्मक शैलीमा झापड हान्ने विश्वास गरिएको छ। कथा बिषयबस्तु र व्यावसायिक रुपमा पनि सफल चलचित्रलाई हेर्न दर्शकहरुको बाक्लो उपस्थिति रहने आयोजकको दावी रहेको छ।
दीपेन्द्र लामा निर्देशित यस चलचित्रको कथा पनि निर्देशक लामाले नै तयार गरेका हुन् ।दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको यस चलचित्रको पटकथा दीपकराजले तयार गरेका हुन् ।
निम्न समयमा फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ ।
DEC “21” शनिबार 5:15 PM मेड्रीडमा प्रदर्शन हुन गैरहेको छ।
METRO-:EMBAJADORES LINE :- 3 ACACIAS, LINE:- 5
CALLE-: CIGARRERAS ,6 (MADRID)