लन्डन । एनआरएनमाआफै नियुक्ति गरी आफै बधाई लिने प्रचलनको कडा आलोचना गर्दै एनआरएन युके पूर्व महासचिब आर के त्रिपाठीले एनआरएनको नयां कार्यसमिति तथा मनोनित सदस्यहरुलाई कुरा हैन काम गर्न सुझाव दिएका छन्।
आफ्नो फेसबुक पोस्टमा एनआरएन युकेका निवर्तमान महासचिव त्रिपाठीले एनआरएनको नयां कार्य समितिले गएको चार महिना खादा र बधाई मै बिताएको टिप्पणी गरेका छन्। त्रिपाठीले भने, “कृपया बधाई भन्दा आजै देखि एनआरएन एजेन्डा पुरा गर्न लागि हाल्नोस्।“
त्रिपाठीको पोस्ट यस्तो छ :
https://m.facebook.com/story.php?story_fbid=3263152703700966&id=100000188050971
बधाई ! बधाई । बधाई । चार महिना भयो NRNA को काम सुन्य छा सेप्टेम्बर २०१९ पूरै बधाइमा बित्यो। अक्टोबर २०१९ पूरै बधाई खादा मा बितायौं।। नोभेम्वर २०१९ पूरै बधाई खादा मा बितायौं।। डिसेम्बर २०१९ अन्तिम सम्म पनि बधाई । के त्यस्तो महाभारत जितिएको छ वा के त्यस्तो ठूलै पद प्राप्ती भएको छ र ? दिन दिनै बधाई हो साथीहरु ? बधाइ त त्यसमा दिने वा लिने हो जहाँ हाम्रा नागरिकता निरन्तरताका माग पूर्ण भएपछि । बधाई त त्यसमा लिने हो जब हामीले गरेको समर्थन जहाँ पूर्व गोर्खाको समानताको माग पूर्ण हुन्छ। बधाई त त्यसमा लिने हो जसमा संपूर्ण NRN मिलेर अरुण वा पश्चिम सेती हाइड्रो बनाई नेपालको संवृद्धिमा टेवा दिन सकियोस l हजुरहरु लाई मेरो अनुरोध के छ भन्ने NRN का जल्दो बल्दो एजेण्डा मागहरुमा काम गर्न सुरु गरौ । अधिवेशनमा पढेका ३७ बुँदे घोषणापत्र पढौं। तपाई आफुले चुनाब हुनु अगाडी जित्नको के के गर्छु भनि चर्को भाषण गर्नु भयो ? मैले बधाइको रिस गरेको होइन। जति लिए पनि आफैले गरेको नियुक्तीमा आफै बधाई भन्दै हुनुहुन्छा यो दुनियाँ हाँसिरहेछ कि यहाँ त बधाई पनि नोभेल पुरस्कार पाए जस्तै गरिंदैछ त। कृपया बधाई भन्दा आजैदेखि समसामयीक NRN एजेण्डा पूरा गर्न लाग्नोस । कसैले सस्तो बधाई दिए पनि नलिनोसा यहाँ केही भएकै छैन। तर पूरा गराउनुपर्ने धेरै काम छन है साथीहरु । अब कामगर्न आठ महिना मात्र बाँकी छ । आजको १ बर्षमा चुनाब लाग्न शुरु हुन्छ । हेकका भया । ‘ धेरै बधाई लिंदा NRNA को लोकप्रियता घटी NRNA लाई विश्वास गर्न सदस्यहरुले छाड्छन कि भनि चिन्ता लागीरहेको छ। म किन लेखिरहेछु यसो भने यो संस्थाको म पूर्ब कार्यकालको महासचिब हुँ। यो झक्झक्याउनु पर्ने मेरो दायित्व हो ।
