२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

खीष्ट्रमसको पुर्व सन्ध्यामा म्याड्रिडमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

3424 Shares
Spread the love

उज्वल गजुरेल
स्पेन-खीष्ट्रमसको पुर्व सन्ध्यामा स्पेनको म्याड्रिडस्थित जिवित परमेश्वर मण्डलीले शुभकामना आदान प्रदान कार्यक्रम तोरेखोनस्थित स्पेनिस बाइबल कलेजमा आइतबार भब्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमामा एनआरएनए क्षेत्रिय समिति म्याड्रिडका पदाधिकारीहरु तथा म्याड्रिडस्थित रहेका अन्य नेपाली सामाजिक संघ संस्थाहरुका पदाधिकारीहरुको ब्यापक सहभागिता रहेको थियो।
कार्यक्रमा उपस्थित पाहुनालाई स्वागत गर्दै मण्डलीका एल्डर छत्र(निशान) बहादुर लिम्बुले शुरु गरेका थिए । साथै परमेश्वरको वचन बाइबलबाट लूका २:१-१८ लाई‌ प्रकाश पार्दै यसै मण्डलीका पास्टर दिनेश राउतले खीष्ट्रमसको महत्व र असल समाचारको बारेमा चर्चा गरेका थिए ।

येशू खीष्टकररो जन्मोत्सव तथा खीष्ट्रमसको शुभ अवसरमा म्याड्रिडमा रहेका नेपाली समुदायहरु बीच एक आपसमा शुभकामनाा आदन प्रदान गर्नका निम्ति जीवित परमेश्वरको मण्डलीले हरेक वर्ष झै निरन्तरता दिएको छ ।
विभिन्न संस्कृतिले नेपाली नेपाली बिच एकता र भातृ प्रेम मजबूद गर्न अह्मम भूमिका समेत पुर्याएको कुरा एनआरएनए क्षेत्रिय समिति म्याड्रिडका सचिव सागर श्रेष्ठ(भोटे)ले प्रष्ट परेका थिए । म्याड्रिडस्थित नेपाली क्रिश्चियन तथा अन्य धर्म प्रति आस्था राख्ने नेपालीहरूको पनि ब्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया