२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

इनासको आठौँ युरोप सम्मेलन जर्मनीमा हुने

1754 Shares
Spread the love

लण्डन। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को आठौँ युरोप क्षत्रीय सम्मेलन आगामी ३ र ४ अप्रिल २०२० का दिन जर्मनीको म्युनिख शहरमा हुने भएको छ। आठौँ युरोप महादेश स्तरीय बैठक तथा युरोप महादेश स्तरीय नृत्य र गायन प्रतियोगिता सहित दुई दिनसम्म आयोजना हुने कार्यक्रमको तयारी समेत सुरु भैसकेको इनास युरोपले जनाएको छ ।

हरेक बर्ष युरोपका विभिन्न मुलुकहरुमा आयोजना हुने इनासको आठौँ युरोप क्षेत्रीय कार्यक्रमको जिम्मेवारी यसपटक ग्लोबल समितिले जर्मनीलाई प्रदान गरेको हो । यसअघि सातौँ युरोप क्षत्रीय कार्यक्रम बेल्जियममा भएको थियो ।

आउदो अप्रिल ३ र ४ तारिकका आयोजना हुने यस दुई दिने कार्यक्रमको पहिलो दिन इनास युरोप महादेश भरि रहेका राष्ट्रिय समितिहरुको बैठक, प्रगति विवरण र भावी योजना प्रस्तुत हुनेछ भने दोश्रो दिन आठौँ युरोप महादेशस्तरीय एकल नृत्य र छैठौं एकल गायन प्रतियोगिता हुने जानकारी इनास युरोप र आयोजक राष्ट्रिय समिति इनास जर्मनीले गराएका छन् । 

बेलायत, जर्मनी, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यण्ड, इटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, फिनल्याण्ड, स्विट्जरल्याण्ड, चेक गणतन्त्र, अष्ट्रिया, नर्वे लगायतका मुलुकहरुबाट ठूलो संख्यामा कलाकार, साहित्यकार, पत्रकार, नेपाल सरकारका प्रतिनिधिहरु, युरोप स्थिति नेपाली कुटनैतिक निकायका पदाधिकारीहरु, गैर आवासीय नेपाली संघ लगायत अन्य संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहनेछ भने अन्य महादेशहरुबाट समेत इनास र अन्य संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ।

प्रतिक्रिया