२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए चीनद्धारा नवनियुक्त महावाणिज्यदुतलाई स्वागत तथा एसिया महिला संयोजक थापालाई सम्मान

1450 Shares
Spread the love

ग्वान्जौ, चीन : गैर आवासीय नेपाली संघ चीनको आयोजनामा चीनको ग्वान्जौ स्थित नेपाली महाबाणिज्यदुतवासका नवनियुक्त महावाणिज्यदुत हरिशरण पुडासैनीको स्वागतार्थ रात्रीभोजका साथै शुभकामना आदान प्रदान एवं परिचयात्मक कार्यक्रम आयोजना गरिएको छ ।

बिगत अठार महिनादेखी रिक्त रहेको ग्वान्जौस्थित महावाणिज्यदुतावासमा महावाणिज्यदुतको पदभार ग्रहण गर्नुभएको पुडासैनीको सम्मानसंगै सफल कार्यकाल साथै नेपाल र नेपाली जनताको हितमा कार्य गर्न उत्प्रेरित गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरेको आयोजक संस्था एनआरएनए चीनका अध्यक्ष प्रदीप न्यौपानेले जानकारी गराउनुभयो ।

सोही कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एसिया प्रशान्त क्षेत्रीय महिला संयोजकमा निर्विरोध निर्वाचित अमृता थापालाई पनि स्वागत एवं सम्मान गरियो । विगत पन्ध्र वर्ष देखी चीनमा बसोबास गर्दै आउनुभएकी ब्यवसायी थापा गैरआवासीय नेपाली संघ चीनमा महिला संयोजक, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको जिम्मेवारी सफलतापुर्वक पुरा गरीसक्नुभएको छ ।

अध्यक्ष न्यौपानेको सभापतित्व एवं महाबाणिज्यदुत पुडासैनीको प्रमुख आतिथ्य रहेको कार्यक्रमको बिशेष अतिथिको रुपमा क्षेत्रीय महिला संयोजक थापा रहनुभएको थियो भने कार्यक्रमको संचालन महासचिव यम बहादुर क्षेत्री (ओम) ले गर्नुभएको थियो ।

ग्वान्जौ स्थित नेपाली रेष्टुरेण्ट लिटल पापामा शुक्रवार साँझ ६ बजेदेखि आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं क्षेत्रिय महिला संयोजकलाई अध्यक्ष न्यौपानेले पुष्प गुच्छा र आइसिसी सदस्य नवीन बि.क.ले खादा लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा महावाणिज्य दुतावासका सहायक कन्सुलर शरद ढुगांना, संस्थापक अध्यक्ष शंकर ज्ञवाली, भुपु अध्यक्ष डिल्ली प्रसाद पराजुली (बलराम), भुतपुर्ब केन्द्रीय कोषाध्यक्ष प्रितम श्रेष्ठ, एनआरएनए चीनका पदाधिकारी एवं कार्यसमिति सदस्य लगायत ग्वान्जौमा रहनुहुने नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया