२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनएमा यूकेबाट सिफारिश आइसीसी सदस्य, मानार्थ परिषद सदस्य सबै पुरुष

1098 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठकले वेलायतमा सकृय थप ९ जना एनआरएन अभियान्ताहरुलाई नयाँ जिम्मेवारी दिएको छ ।

संघको शनिवार सम्पन्न बैठकले २ जना आइसीसी सदस्य, ६ जना मानार्थ परिषद (अनररी काउन्सिलर) र अनुशासन आयोगमा थप जिम्मेवारी पाएका छन् ।

एनआरएनए आइसीसी सदस्यमा मनोनित हुनेमा संघ पूर्व महासचिवद्धय भक्त गुरुगं र रामशरण सिमखडा छन् । सिमखडाले संघको पोलिसी तथा प्रोसिड्यूर समितीको संयोजकको जिम्मेवारी पाएका छन् ।

यस्तै मानार्थ परिषद सदस्यहरूमा पत्रकार चिरन शर्मा लगायत ६ जनाले जिम्मेवारी पाएका छन् । परिषदको अन्य सदस्यमा कर्ण शाही, चन्द्र गुरूड्ग, बिनोद ज्ञवाली, रन बहादुर के सी र बिजन भट्ट छन् ।

यस्तै संघका पूर्ब अध्यक्ष सूर्य गुरूड्ग केन्द्रीय अनुशासन आयोगको सदस्यमा चयन भएका छन् ।

एनआरएन यूके पनि महिलाकै नेतृत्व भएको अवस्थामा आईसीसीमा मनोनीत गर्दा एक जना महिला पनि नपर्नु दुखद कुरा भएको एनआरएन अभियनकार्ताहरुले बताए ।

प्रतिक्रिया