1457
Shares
अन्तराष्ट्रिय नेपाली कलाकार समाज , यूकेले यही डिसेम्बर १५ मा आईतबार साँझ ६ बजेदेखि ११ बजेसम्म इनास दोहोरी तथा मनोरञ्जन साँझ लण्डन स्थित वुलविचमा अवस्थित बारकोड रेष्टुरेण्टमा गर्ने भएको छ ।
चर्चित राष्ट्रिय कलाकारहरु प्रसाद खप्तरी मगर , भिम पौडेल , सिर्जु अधिकारी लगाएत स्थानिय प्रसिद्ध गाएकहरू दिपक थापा, सर्वेन्द्र अधिकारी , सुजन पराजुली लगाएतले प्रस्तुति दिने भएका हुन ।
कार्यक्रममा प्रवेश शुल्क १५ पाउण्ड ( विथ वेल्कम ड्रिङ्क ) राखिएको छ । कार्यक्रमबाट उठेको रकम अन्तराष्ट्रिय नेपाली कलाकार समाज , यूकेले आफ्नो उद्देश्य नेपाली भाषा, कला र संस्कृति प्रवद्वनमा व्यवस्थित गर्ने आयोजकले जनाएको छ ।