२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बार्सिलोनामा नेपाली चलचित्र ( छ माया छपक्कै ) लाग्दै

1828 Shares
Spread the love

भोला लामिछाने, यूरोप

नेपालमा सर्वाधिक लोकप्रिय फिल्म ‘६ माया छपक्कै’ अब बार्सिलोनाका दर्शकमाझ आउने भएको छ । बार्सिलोनामा रहेको ब्रदरहुड ग्रुपले डिसेम्बर १६ तारिख सोमबार सिनेमा गिरोनामा फिल्म प्रदर्शन गर्न लागेको हो ।

आयोजकले बार्सिलोनाको सिनेमा गिरोना हल अपरान्ह ४.४५ बजे फिल्म प्रदर्शन हुने जानकारी दिंदै सबै बार्सिलोनामा रहनुहुने नेपाली दाजुभाई दिदीबहिनी हरूलाई फिल्म हेरेर मनोरन्जन लिन निम्तो दिएका छन् ।

‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका हुन् जसमा कलाकारहरु दीपकराज गिरी, केकी अधिकारी, प्रकाश घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, रमा थपलिया, अनुराग कुंवर, सविन बांस्तोला, शिशिर वाङ्देल लगायतको भूमिका छ ।

फिल्मले राजनीतिलाई पूर्णतः नकारात्मक दृष्टिकोणबाट व्याख्या गरेको छ । फिल्मले गाउंमा चलिरहेको दलीय राजनीति प्रस्तुत गर्दै गाउं विकासमा दलको भर पर्न नहुने सन्देश दिएको फिल्म प्रदर्शक मध्ये एक मानुषजडं खड्काले बताए ।

हामीहरू बिदेशमा भएपनी नेपाली चलचित्रहरूको प्रवर्द्धन र विकासको लागी लागी परेका छौ म्याड्डीड निवासी मेघनाथ ढकालले बताउछन् । साथै म्याड्डीडमा बेनड्रममा मा पनी उक्त चलचित्रको प्रदशन तयारी भैरहेको छ उनले भने । बिगत केही बर्ष यता बार्सिलोना लगायत स्पेनका बिभीन्न शहरहरूमा लगातार नेपाली सिनेमाहरू प्रदर्शन हुदै आएका छन् ।

प्रतिक्रिया