२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

स्पेनको नेपाली दुताबासले भिजिट नेपाल २०२० सफल पार्न सबैमा अनुरोध

1150 Shares
Spread the love

भोला लामिछाने , यूरोप

स्पेनको म्याड्डीडमा रहेको नेपाली दुताबासले भिजिट नेपाल २०२० कार्यक्रम सफल बनाउन सबैमा अनुरोध गरेको छ । गत डिसेम्बर १ तारीख आईतबार नेपाली दुतावासमा गैर आवासीय नेपाली हरू सगै स्पेनका लागी नव नियुक्त राजदुत महामहिम दावा फुटि शेर्पा लाई स्वागत कार्यक्रममा नेपाल भ्रमण वर्ष लाई सफल बनाउन सबैमा अनुरोध गरिएको हो ।

दूतावासको कामलाई सहजिकरण गर्न र नेपाल भ्रमण बर्ष २०२० सफल बनाउनकाे लागि विविध महत्त्वपूर्ण विषयमा अाबश्यक छलफल पछि राजदूतबाट स्पेनबासी नेपालीको तर्फबाट ग़ैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष दिनेश गुरुङ्ले हस्ताक्षर गर्दै पर्यटन प्रर्बद्धन कक्ष तथा एन आर एन हेल्प डेक्स हस्तान्तरण समेत गरेको छ ।

दूतावासकाे परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा राजदूतले स्पेनवासी नेपालीहरुलाई सम्बाेधन गर्दै नेपाली जनसमुदायप्रतिको सकारात्मक सोच र योजनाहरुले आँफू हर्षित भएको भन्दै राजदूतवासको हरेक योजना र कार्यहरुमा स्पेनवासी नेपालीहरुलाई साथ र सहयोगको लागि आह्वान गरिएको समेत वताईएको छ ।

एन आर एन युराेप उप संयोजक मुक्त बहादुर गुरुङ् एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य सुनिल रानाभाट, एनआरएनए स्पेनका पदाधिकारी तथा सदस्यहरू , क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्य, नेपाली संघसंस्थाहरुका प्रतिनिधि लगायतका नेपाली समुदायले नवनियूक्त राजदुत लाई खादा तथा पुष्प गुच्छा लगाएर स्वागत गर्दै स्पेनमा रहेका नेपाली समुदायका समस्याहरू बारेमा अबगत समेत गराएका थिए ।

प्रतिक्रिया