२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

भारतीय दूतावास लण्डन अगाडी एनआरएनको प्रदर्शन : विरोध पत्र भने बुझाउँन पाएन्न्

3621 Shares
Spread the love

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले भारतविरुद्ध लन्डनमा प्रदर्शन गरेका छन् । नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेपछि त्यसका विरोधमा एनआरएनएहरुले लन्डनमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनीपछि गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा हस्ताक्षरित विरोधपत्र  भारतीय दूतावासले लिनभने मानेन प्रदर्शनकारीहरुलाई प्रहरीले दूतावासको मुलढोकाबाट टाँडा बस्न भनेका थिए ।

उक्त विरोधपत्रमा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा अन्तराष्ट्रिय मान्यताको समेत उल्लंघन गरेको स्मरण गराउँदै दुवै देशबीचको वार्तामार्फत् सीमा सम्बन्धी विवाद तत्काल समाधान गर्न आग्रह गरिएको छ। विरोधपत्रमा भारतले जारी गरेको नयाँ नक्सा तत्काल सच्चाउन माग गरिएको छ। सो विरोधपत्र ईमेल तथा हुलाकबाट पठॉंउने महासचिव भट्टराईले पत्रकार ऐभ्रेस्ट गौतमसंगको भिडियो संवादमा जानकारी दिएका छन् ।

प्रतिक्रिया