२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली ग्लोबल मलेसियाद्वारा बिरामी नेपालीलाई सहयोग

1879 Shares
Spread the love

मलेसिया- हामी नेपाली ग्लोबल राष्ट्रिय समिति मलेसियाद्वारा नेपाली दूतावास मलेसियालाई बिरामीको उपचार खर्च सहयोग गरेको छ ।

मलेसियामा अवैधानिक रुपमा बस्दै आएका रुपन्देही– रुद्रपुर गाउँपालिका वडा नं .४ निवासी लोक बहादुर राना बिरामी भएपछि अस्पताल भर्ना भएका थिए ।

बिरामी परेका राना विगत ३ बर्ष अगाडि मलेसिया आएका थिए र  अबैधानिकरुपमा जोहोरको एक गार्डेन कम्पनीमा काम गर्दै आएका थिए।गार्नेडेनमा प्रयोग हुने बिषाधिको असरले केही दिन अगाडि सिकिस्त बिरामी परेका उनी केएल हस्पिटलमा रिफर भई आई सि यु मा भर्ना गरि उपचार गर्दा हस्पिटलमा उपचार खर्चको बिल Rm. 11,510 भएको थियो र बिरामी रानासंग उक्त उपचार खर्चको बिल तिर्न रकम नभएको हुदा नेपाली दूतावास जिम्मेवार बसेर बिरामीलाई हस्पिटलबाट डिसर्ज गरेर विभिन्न संघसंगठनहरुबाट आर्थिक संकलन गरेर बिरामीलाई नेपाल पठाएको थियो।

बिरामीको उपचार खर्च तिर्न हामी नेपाली ग्लोबल राष्ट्रिय समिति मलेसियालाई अनुरोध गरेको थियो ।

नेपाली दुतावासको आग्रहपछि समितिले (Rm .2000 )अर्थात नेपाली रु .५४,000 (चवान्न हजार ) सहयोग रकम बैंक मार्फत दूतावासलाई पठाएको हो।

सो सहयोग पछि नेपाल दुतावासका सहायक राजदुत मोति बहादुर श्री मगरले हामी नेपाली राष्ट्रिय समिति मलेसियालाई धन्यवाद ज्ञापन गरे ।

बिरामी नोभेम्बर २६  तारिख नेपाल पठाएको हो।

 

प्रतिक्रिया