बर दुबई । काभ्रे युएई समाजको अध्यक्षमा दिल लामा पुन चयन भएका छन् ।
२९ डिसेम्बरमा बर दुबईस्थित क्लब एभरेस्टमा आयोजित चौथो अधिवेशनले लामा दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्द पन्त, प्रथम उपाध्यक्षमा योगेश लामा र उपाध्यक्षमा नवीन दोङ चयन भएका छन् । त्यसैगरी महासचिवमा जनक सापकोटा, सचिवमा ग्याम्सो लामा सहसचिवमा ओम तामाङ, कोषाध्यक्षमा रविन्द्रबहादुर तामाङ सहकोषाध्यक्षमा माइला लामा चयन भएका छन् ।
अधिवेशनबाट रविन श्रेष्ठ, आकाश लामा, मोक्तान चन्द्रबहादुर तामाङ, योञ्जन जानुका पन्त, रजनी तामाङ, रामबहादुर राउत शैलेश तामाङ, केसरी तामाङ, बमजन सदस्यमा चयन भएका छन् ।
समाजको प्रवक्तामा सुनिल लामा , महिला विभाग प्रमुखमा सवित्री पन्त, प्रशासन प्रमुखमा राजकुमार सापकोटा, सामाजिक विकास प्रमुखमा प्रदीप सापकोटा, अन्तर्राष्ट्रिय विभाग प्रमुखमा अशोक बानियाँ, साँस्कृतिक विभाग प्रमुखमा प्रवेग दोङ, खेलकुद विभाग प्रमुखमा निरन्जन बस्नेत चयन भए ।
सोही अवसरमा समाजले बृहत साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रमका लागि नेपालबाट सेलो गायक विशाल काल्तान र लोकदोहोरी गीत नायिका रिना थापा मगर आइपुगेका थिए ।

कार्यक्रममा गायक काल्तानले दर्जन सेलो तथा तामाङ गीत पस्केका थिए । उनको गीतमा सबै झुम्मिए थिए भने मोडल रिनाले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा मगर ब्रदर्स लाइभ ब्यान्डले दर्शकलाई नचाएका थिए । त्यसैगरी स्थानीय कलाकारले नाच तथा गीत प्रस्तुत गरी कार्यक्रममा थप रौनकता थपेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दिल लामाले अबको दिनमा नेपालीको राष्ट्रियता बलियो बनाउन सबै तिरबाट लाग्नुपर्ने सुझाव दिए । पर्यटकको भिसामा आउँदा पनि हामीलाई कस्तो व्यवहार गरिन्छ । ‘यो नेपाली भएकै कारण यस्तो गरिएको हो । अब हामीले हाम्रो स्ट्याटस परिवर्तन गर्नुपर्छ । हामीले हाम्रो राष्ट्रियता बलियोसँग समातेर सबै एक भएमा यो सम्भव छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले भने । अनाथ बालबालिकाको लागि काभ्रे कल्याणकारी कोष स्थापनाका लागि कार्यक्रम गरिएको र विभिन्न व्यक्तिले सहयोग गरेको लामाले बताए ।

कार््यक्रमको उद्घाटन सत्र तत्कालीन सचिव जनक सापकोटाले सञ्चालन गरेका थिए भने साँस्कृतिक कार्यक्रम बलराम बस्नेत र अञ्जली लोप्चनले सञ्चालन गरेका थिए । दिउँसो ३ बजेबाट शुरु भएको कार्यक्रम राति ९ बजे सकिएको थियो ।- एभरेस्ट टाइम्स