लण्डन । नेपाली वेलफेयर सोसाईटी युकेको गठन भएको छ । गत आइतबार २४ नोभेम्बरका दिन हन्स्लो वेष्ट, लण्डनस्थित स्पोर्टस् क्लब हन्स्लोमा सम्पन्न बेलायतमा बसोबास गर्ने नेपाली (सार्की, मिजार) हरुको भेलाले धन बहादुर सार्कीको अध्यक्षतामा नेपाली वेलफेयर सोसाईटी युकेको गठन गरेको हो । सो नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्णबहादुर नेपाली, महासचिवमा शर्मिला नेपाली, सचिवमा समसेर नेपाली, कोषाध्यक्षमा थमबहादुर रोका, सहकोषाध्यक्षमा किरण नेपाली चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा आशा देवि रोका, धबिन्द्र बौडेल र बुद्धि बहादुर रोका चयन भएका छन् । उक्त भेलाले सोसाईटीको वरिष्ठ सल्लाहकारमा गोपाल रोकालाई चयन गरेको छ ।

कार्यक्रममा सोसाईटीका जेष्ठ नागरिक श्यामबहादुर सार्की, वरिष्ठ सल्लाहकार गोपाल रोका लगायतले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना सहित बधाई दिए । त्यस्तै, सोसाईटीका वरिष्ठ सल्लाहकार रोकाले नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
साथै, उक्त भेलाले पहिलो साधारणसभा तथा अन्तर्राष्ट्रिय जातीय रंग दिवस २१ मार्च २०२० का दिन विविध कार्यक्रमका साथ मनाउने निर्णय समेत गरेको छ ।
सिर्जनशिल नेपाली समाज युकेका निवर्तमान अध्यक्ष धनबहादुर सार्कीको संयोजकत्वमा सम्पन्न उक्त भेलामा सहभागीहरुले समाजको आवश्यकता र एकता लगायतका बिषयमा आ–आप्mना धारणा राखेका थिए ।

आप्mनो सदस्यहरुबीच एकअर्कामा सुख–दुःख बाँड्ने लगायतका उद्देश्यका साथ स्थापना भएको सोसाईटीले बेलायतमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लगायत आप्mना समुदायका सदस्यहरुको हकहित तथा कल्याण र पहिचानका लागि संस्थाको आवश्यकता महसुस भई उक्त संस्था स्थापना गरिएको जनाएको छ । भेलामा संयोजक धनबहादुर सार्कीले सार्की समुदाय बारे जानकारी गराएका थिए ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष एवं भेला संयोजक धन बहादुर सार्कीले स भेलामा सहभागी सबैलाई धन्यवाद दिदैं नवनिर्वाचित कार्यसमितिका साथीहरुलाई बधाई ज्ञापन गरे ।
