भोला लामिछाने, यूरोप
यही नोभेम्बर २३ तारीख बार्सिलोनामा पर्वत समाज स्पेनको दोस्रो अधिवेशन ओमर गुरूड को अध्यक्षतामा भब्य रूपमा सम्पन्न भएको छ । उक्त अधिवेशनले बार्सिलोना निवासी दिनेश राज रेग्मीको अध्यक्षतामा नया जुझारू कार्यसमिती समेत चयन गर्न सफल भएको छ ।
बेलायत निवासी अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरि , संरक्षक गोबिन्द सुबेदी, स्वीजरल्यान्ड निवासी समाजकै महासचिब गुणराज शर्मा लगायतका व्याक्तित्वहरूलाई आथित्यता गराउदै बार्सिलोना उतारेर समाजले दोस्रो अधिवेशनलाई सब्य र भब्य बनाएको हो ।

अधिवेशन लाई संबोधन गर्दै समाजका संरक्षक गोबिन्द सुबेदीले कार्यक्रममा महिला दिदीबहिनीहरूको उपस्थिती को लागी निवर्तमान अध्यक्ष ओमर गुरूड को संस्था प्रतीको योगदान लाई खुलेर प्रंशमा गर्दै मंचबाटै खादा लगाएर सम्मान समेत गर्न भ्याए ।हामी बिश्वभर छरिएर रहेका पर्वतेलीहरू एकजुट हुदै मन मिलेमा ठुला ठुला सहयोगका कामहरू गर्न सक्छौ आपसमा भाईचारा बढ्दै जान्छ , पर्वत समाजकै कारण अहीले हामीहरू यहाँ छौ सबैलाई शुभकामना दिदै सुवेदीले थपे।
महासचीव गुणराज शर्माले शुभकामना दिदै स्पेनवासी सम्पुर्ण पर्वतेलीहरूलाई आथीत्यताको लागी धन्यवाद दिदै समाजले यूरोप भेला बार्सिलोनामा गरिने बताए ।
पर्वत समाजका अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्ष पुरन गिरीले पर्वत बासीहरूको लागी समाजले राष्ट्रीय अन्तराष्ट्रीय रूपमा विभीन्न सहयोगी कार्यक्रमहरू ल्याउने तयारी गरिरहेको बताउदै आफुहरू यसमा लागिरहेको बताउदै छिट्टै नै यूरोप स्तरिय भेला गर्ने निर्णय भै सकेको र यसको लागी बार्सिलोना लाई साथीहरूले जोड दिएको बताए ।
अधिवेशनमा एन आर एन ए यूरोप क्षेत्रीय उपसंयेजक मुक्त गुरूडले पर्वत समाज स्पेनले एन आर एन सगै सहकार्य गर्दै सहयोगी बन्दै आईरहेको र आगामी दिनहरूमा पनी नया कार्यसमिती ले यसलाई निरन्तरता दिने आशा लिदै शुभकामना दिए । गोविन्द सुवेदी पुरन गिरी लगायतका एन आर एन पनी हाकेका अभीयन्ताहरू यस समाजमा हुनुहुन्छ यसैले समाजले छिटो प्रगती गर्नेछ गुरूडंले थपे ।
कार्यक्रममा एन आर एन अन्तराष्ट्रीय समन्वय परिषद स्पेन सदस्य सुनिल रानाभाट, एन आर एन स्पेनका अध्यक्ष दिनेश गुरूड, जन सम्पर्क समिती स्पेनका अध्यक्ष ईन्द्र शर्मा, प्रवासी नेपाली एकता मंचका संयोजक हेम शेर्पा, पर्वत समाज स्पेनका सल्लाहकार शितल भुर्तेल भुसाल लगायतले शुभकामना दिएका थिए ।
लोकप्रिय लोक गायक बिमलराज क्षेत्री को उपस्थितीले कार्यक्रम थप रौनक थपिएको थिए । दशकौ अघीका कर्णप्रिय नेपाली लोक गितहरू रानी घाटैमा, मधु बनैमा, सुपारी चाम्रो, लगायतका गानाहरूमा कलाकार सगै लाईभ सुन्दै नाच्न रमाए । नेपाल लोक दोहोरी प्रतिष्ठानकी यूरोप क्षेत्रीय निवर्तमान अध्यक्ष सुमि घिमीरे सापकोटा, सुमधुर स्वरकी धनी समी गुरूड, लगायतका कलाकारहरूले क्षेत्रीलाई साथ दिदै सबैमा भरपुर मनोरन्जन गराएका थिए ।
अनन्त लामिछानेले संचालन गरेको कार्यक्रममा संतोष पौडेलले स्वागत मन्तव्य राख्दै समाजले गरेका कार्यहरूको संक्षीप्त ब्याख्या गरेका थिए ।