1439
Shares
न्युयोर्क-धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको संस्थाको प्रथम अन्तराष्ट्रिय सम्मेलन तथा शान्ति पदयात्रा भव्य रुपमा सम्पन्न भएको छ।

यही नोभेम्बर २३ देखि २४ गतेसम्म चलेको हामी नेपाली ग्लोबलको दुई दिने अन्तराष्ट्रिय सम्मेलन संयुक्त राज्य अमेरीकाको न्युयोर्क, कुईन्स पब्लिक लाईब्रेरीमा भएको थियो।

उक्ता सम्मेलनमा विश्वभरका विभिन्न देशबाट हामी नेपाली ग्लोबलका शाखा प्रतिनिधी सहभागी थिए ।


