२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

हामी नेपाली ग्लोबल : अन्तराष्ट्रिय सम्मेलनमा नेपाल शाखाबाट उपाध्यक्ष गंगाराज शर्मा पौडेल आज अमेरिका प्रस्थान

1994 Shares
Spread the love

आशिष तामाङ (M.T.)

काठमाडौँ , नेपाल- हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलनमा नेपाल शाखाबाट उपाध्यक्ष गंगाराज शर्मा पौडेल आज राती नेपालबाट अमेरिका प्रस्थान गरेका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालमा हामी नेपाली नेपाल शाखाको अध्यक्ष विमाल खड्का , उपाध्यक्ष उमा के.सी. तामाङ, हस्त खड्का, कोषाध्यक्ष गोबिन्द राई लगाएतले उपाध्यक्ष पौडेललाई विदाई गरेको थियो।

न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्थाको यहि नोभेम्बर २३ र २४ ,२०१९ का दिन विहान १० :०० बजे न्युयोर्कस्थीत  कुईन्स पब्लिक लाईब्रेरीमा हुदैछ।

उक्ता सम्मेलनमा विश्वभरका विभिन्न देशबाट हामी नेपाली ग्लोबलका शाखा प्रतिनिधीहरू, सामाजिक अभियन्ताहरू समेतको सहभागीता हुने छ।

प्रतिक्रिया