लण्डन । गैर आवासीय नेपाली संघको स्थापना देखि नै संघ प्रति बफादार रहदै समन्वय कारी भूमिका खेल्दै आएका स्कटलेण्ड निवासी भोला खनाललाई गैर आवासीय नेपाली संघ बेलायतले केन्द्रको सदस्यमा पठाउने निर्णय गरेको छ ।
निर्णय सार्वजनिक भएसंगै केही आनलाइनले उनलाइ पार्टीको कार्यकर्ता भनि समाचार छापेका थिए । खनालले आफ़्नो योगदानको कदर गरेर आफ़्नो नाम सिफ़रिस गरेकोमा NRN U.K. लाई धन्यवाद दिदै ग़लत समाचार प्रति आफ़्नो ध्यान आकर्षण भएको भनि खण्डन गरेका छन ।
प्रवासमा नेपालका कुनै राजनीतिक दल नै नरहेको त्यसमा पनि आफु कही कुनै दलको कार्यकारी पदमा हाल नरहेको जानकारी दिएका छन ।
गैर आवासीय नेपाली संघ बेलायतलाई समावेसी बनाउन अतुलनिय भूमिका निभाउने तथा संघको बीउ स्कटलेन्डमा रोप्ने र फैलाउन भूमिका निर्वाह गर्ने मध्ये एक प्रमुख ब्यक्ति हुन् ।
स्कटलेन्ड, आयरलेन्डमा एनआरएन छुटै रुपमा दर्ता भएर अघि बढ्नु पर्छ भन्ने सबैलाइ सम्झाई बुझाइ गैर आवासीय नेपाली संघको बेलायतलाई एकै छातामा उभ्याउन भूमिका खेलेका
मध्ये एक हुन ।
नेपालमा शिक्षण पेसा गरेर बौद्धिक छवि बनाएका खनाल स्कटलेण्डमा ग़ैर आवासीय नेपाली हरूको आफनै भवन हिमालयन सेंटर बनाउन , हरेक वर्ष स्वयंसेवी हरूलाई नेपाल लैजान र सकेको सहयोग निरन्तर गर्ने व्यक्तिका रुपमा चिनिएका छन ।
संघको केन्द्रको चुनावमा कुमार पन्तको समूहमा माहोल बनाउन बाबुराम भट्टराई लगायत उनका पुरानो नेटवर्क , समाजसेवी छवि तथा पुरानो पार्टी पन्गतीसबैलाई परिचालन गरेका थिए ।
आफुले कुल आचार्यलाई पनि संगै मिलाएर लैजाने समन्वयकारी भूमिका निभाउन अन्तिम सम्म कसरत गरेको खनालको जिकिर छ ।
आफु संघ र तमाम गैर आवासीय नेपालीहरुको हितमा हिजो कुनै पद नहुदा पनि लागिरहेको भन्दै बर्तमान नेत्रित्वलाई सबैले सकेको सहयोग गरेर अभियानलाई सफल बनाउनु पर्ने विचार राखेका छन् ।
खनाल संग़ै गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य (आइसीसी) को लागि वेलायतबाट ७ जनाको नाम सिफारिश गरिएको छ ।
गैरआवासीय नेपाली संघ युकेका अनुसार सिफारिशमा पर्नेमा पत्रकार चिरन शर्मा, विजन भट्ट, रण बहादुर केसी, चन्द्र गुरुङ, रमेश सराङकोटी, भाग्यनारायण यादव छन् ।