लण्डन । गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य (आइसीसी) को लागि वेलायतबाट ७ जनाको नाम सिफारिश गरिएको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य (आइसीसी) मा मनोनयका लागि सातै जना पुरुषलाई मात्र सिफारिस गरेको छ । एनआरएनए यूकेको इतिहासमा पहिलो पटक महिला अध्यक्ष भएकी पुनम गुरुङ आफैंले गरेको सिफारिस महिलाविहीन हुन पुगेको हो ।
अध्यक्ष गुरुङको चुनावी कमाण्डरका रुपमा रहेका चन्द्रबहादुर गुरुङ आइसीसी सदस्यका लागि सिफारिस भएका छन् । आर्मीबाट रिटायर्ड गुरुङ नयाँ शक्ति पार्टी निकट अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष हुन् । त्यस्तै गत कार्यकालमा एनआरएनए यूके उपाध्यक्षमा पराजित तथा नयाँ शक्ति पार्टी निकट अन्तर्राष्ट्रिय नेपाली समाज यूकेका संस्थापक अध्यक्ष भोला खनाल पनि सिफारिसमा परेका छन् । ‘कार्यसमितिको बैठक नै नराखि गरिएको सिफारिस महिला विरोधी देखिएको छ’-एक जना एनआरएनए युके उपाध्यक्षले भने ।
भातृ संगठनमा लागेका मानिसहरुलाई आईसीसी सदस्यमा सिफारिश गरेको कारणले थुप्रै एनआरएन अभियानताहरुले आपत्ति जनाएका छन् ।
तैस्तै सिफ़ारिश पर्नेमा पत्रकार चिरन शर्मा, विजन भट्ट, रण बहादुर केसी, रमेश सराङकोटी, भाग्यनारायण यादव छन् ।