२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलनमा काेरियाबाट अध्यक्ष डिसि सहभागीता हुने

3052 Shares
Spread the love

आशिष तामाङ (M.T.)

दक्षिण काेरिया- विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलनमा दक्षिण काेरिया शाखाबाट अध्यक्ष अम्बिका डिसि पार्क र किशोर कोइराला जादै हुनु हुन्छ।

 न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्थाको  नोभेम्बर २३ र २४ ,२०१९ का दिन विहान १० :०० बजे न्युयोर्कस्थीत  कुईन्स पब्लिक लाईब्रेरीमा हुने कार्यक्रममा यही नोभेम्वर १९  दक्षिण काेरिया शाखाबाट प्रस्थान  हुदैछ।

उक्ता सम्मेलनमा विश्वभरका विभिन्न देशबाट हामी नेपाली ग्लोबलका शाखा प्रतिनिधीहरू, सामाजिक अभियन्ताहरू समेतको सहभागीता हुने छ।

हामी नेपाली ग्लाेबल संस्था जात,धर्म र राजनीति बाट अलग रहने मुल मर्मका साथ हाल विश्वभरका ४३ देशमा क्रियाशील रहेको छ ।
हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलन तथा शान्ति पदयात्राको ब्यानर :

प्रतिक्रिया