२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

भारतबिरुद्ध उत्रियो एनआरएनए : भारतीय दूतावासमा गएर विरोध गर्न निर्देशन

2290 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग मिचेको विरोध गर्न विश्वभरका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन निर्देशन दिएको छ ।

संघका महासचिव डा. हेम राज शर्माले शुक्रवार विश्वभर छरिएका एनआरएनएका शाखाहरुलाई परिपत्र गर्दै उक्त निर्देशन दिएका हुन् ।

पत्रमा पछिल्लो समय नेपाल भारत सिमा विवादका बारे गैरआवासीय नेपालीहरुले देखाएको चासोका प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दछौँ। यस बिषयमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्त ज्यूबाट वक्तव्य जारी भइसकेको यहाँहरुलाई अवगत नै छ, उल्लेख छ।

संघको धारणालाई विभिन्न देशमा अवस्थित भारतीय दूतावास वा नियोगमा लिखित रुपमा पुर्‍याउन सहयोग गर्नको लागि यो पत्राचार गरिएको छ।

संघले भारतीय दूतावासमा पेश गर्ने ज्ञापनपत्रको नमूना समेत पठाइएको छ।

पत्रमा अनुकुलता हेरेर पत्र बुझाउने मिति राष्ट्रिय समन्वय परिषद्ले निर्धारण गर्नको लागि पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया