२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

भारतले जारी गरेको नक्साको एनआरएनद्वारा भत्सना : सिमाना रक्षाको लागि हामी साथमा छौ

1398 Shares
Spread the love

काठमाडौं । गत ३१ अक्टुबरमा भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को भत्सना गरेको छ । भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएको अध्यक्ष कुमार पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवम् प्रमाणका आधारमा टुंग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सना गर्दछौं ।’

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवम् विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनुपर्छ भन्ने हाम्रो मान्यता हो । तसर्थ अन्तर्राष्ट्रिय सीमाना रक्षाका लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध छौं’ अध्यक्ष पन्तले हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया