2184
Shares
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतलले आदेश दिएको छ।
सात करोड भन्दा बढी चन्दा उठाएको भन्दै विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई चन्दा ऐन २०३० अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ।
विश्वकर्माका छोरा नरेन्द्रबहादुर बिकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन आदेश गरेका छन्।
विश्वकर्मालाई दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ प्रहरीले गत मंगलबार साँझ पक्राउ गरेको थियो। पक्राउ पछि अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान थालिएको थियो। उनलाई जिल्ला अदालतबाट थप तीन दिन म्याद थप गरिएको छ।