२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

संसदमा गगन थापाले गरे सरकारलार्इ व्यङ्ग्य

2127 Shares
Spread the love

काठमाडाैं – नेपाली कांग्रेसका नेता गगन थापाले विमिस्टेकमा सहभागी हुन आउने विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधीहरुलाई एउटै होटलमा नराखी फरक फरक होटलमा राख्न सरकार समक्ष आग्रह गरेका छन्। प्रतिनिधी सभा बैठककाे शुन्य समयमा बाेल्दै थापाले विदेशी पाहुनाहरूलार्इ काठमाडाैंका विभिन्न हाेटलहरुमा राख्नुपर्ने बताएका हुन्।काठमाडौका सडकहरुमा भएका खाल्डाखुल्डी पुर्न तर्फ सरकारले चासो व्यक्त नगरेकोमा व्यङ्ग्य प्रहार गर्दै थापाले विदेशी राष्ट्र प्रमुखहरुले सडकमा खाल्डाखुल्डी तथा हिलो देखेभने इज्जतजाने मान्यतालाई आत्मसात गर्दै सरकारले रातारात सडकमा रहेका यस्ता वेथिती हटाउने बताए।

विमिस्टेक बैठक आउँदो भाद्र १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ। ६ राष्ट्रका प्रमुखहरुले उक्त बैठकमा सहभागिता जनाउँदै छन्।

प्रतिक्रिया