२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतमा म्ह: पूजा एवं नेपाल सम्वत्

1741 Shares
Spread the love

लण्डन । नेपाली कला संस्कृति र परम्परा अब नेपालमा मात्र सिमित रहेन । पर्यटन भित्राउन समेत महत्वपूर्ण भूमिका रहेको नेपाली संस्कृति नेपालीहरु प्रवासिने क्रम बढेसँगै विश्वका विभिन्न कुनामा नेपाल र नेपाली परम्परा सम्वन्धि विविध कार्यक्रम गरिन थालिएको छ ।

यसै साता पनि बेलायतमा नेवारी समुदायको महान पर्व म्ह: पूजा एवं नेपाल सम्वत् ११४० वृहत सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।

बेलायत स्थित ‘पासा पुच गुठी साउथ ईष्ट लण्डन’को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेवारी परम्परा अनुरुप लाईनबद्ध भएर टपरीमा नेवारी परिकार र ऐलाको स्वाद लिएको दृश्य निकै रमणीय र नेपाल कै झल्को दिने देखिन्थ्यो ।म्ह: पूजा गर्न करिब दुई सय जनाको सहभागीता रहेको थियो । नेवार समुदाय मात्र नभएर अन्य समुदाय पनि म्ह: पूजामा सहभागी भएको जानकारी कार्यक्रम संयोजक माधव श्रेष्ठले दिए ।
नेवारी भाषामा म्ह: भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीर भित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ ।प्रवासमा रहेर पनि नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि मात्र नभएर नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै अन्य समुदायमा पनि प्रवर्धनका लागि यस्ता किसिमका कार्यक्रम गर्नु संस्थाको मुल उदेश्य रहेको अध्यक्ष सुशिल प्रजापतिले जानकारी दिए ।
कुमारी यात्रा र झांकीबाट शुरु गरिएको सांस्कृतिक कार्यक्रममा नेवारी समुदायमा लोकप्रिय मानिने धिमे बाजा, लाखे नाच, मंजुश्री नृत्य, हुलाँ प्याखा साथै विविध सांस्कृतिककार्यक्रम प्रस्तुत गरिएको थियो ।

म्हःपूजाका बिशेषता :

आआफ्नो घरमा जेष्ठताक्रम अनुसार पूर्व फर्केर ‘म्हपूजा’ गर्ने चलन छ । म्हःपूजा गर्नको लागि सबभन्दा पहिले मन्दः बनाइन्छ । पानी, तोरीको तेल, पिठो, अक्षता र कालो भटमासा प्रयोग गरेर मन्दः तयार गरिन्छ ।

मन्दमाः बिमिरो, भोगटे, सुन्तला, ओखर,स्याउ, अमला, हलुवावेद लगायतका फलफूल अनिवार्य मानिन्छ ।

म्हःपूजामा जजंका अनिवार्य रुपमा लगाइदिनुपर्छ । घरमूली महिलाले परिवारका सबै सदस्यलाई म्हःपूजा गरिदिने परम्परा छ ।

म्हःपूजा गर्नाले पापमोचन भएर रोगव्याधीको निदान हुने विश्वास गरिन्छ । दीर्घायुको कामना गरी आफैलाई पहिचान गर्न पनि म्हःपूजा गर्नुपर्ने मान्यता छ ।

मानवता प्रदर्शन गर्न दया, माया, करूणा र स्नेह जागृह गर्नको लागि पनि म्हःपूजा गर्ने परम्परा शुरु गरिएको विश्वास गरिन्छ ।

प्रतिक्रिया