ललितपुर/१० कार्तिक, हलिउडखवर डटकमका प्रधानसम्पादक तथा कार्यकारी प्रमुख श्री कृष्ण सञ्जेल–केसीलाई ललितपुर पत्रकार समाजले मानार्थ सदस्यता प्रदान गरेकाे छ। ललितपुर जिल्लाकाे साविक इकुडाेल गाविसमा जन्मिएका के सी (पछि झरुवारासी-८, हालको गोदावरी नगरपालीका १३ निवासी) लामाे समयदेखि पत्रकारिता क्षेत्रमा संग्लग्न छन् ।
याे संगै हलिउड खवरले पत्रकारिता विषयमा अध्ययन गर्ने ४ जना विद्यार्थीहरुलाई प्राेत्साहन रकम समेत प्रदान गर्ने भएको छ । हलिउड खवरले प्रत्येक वर्ष प्रति विद्यार्थी १०० डलरका दरले ललितपुर पत्रकार समाजमार्फत ४ जनालाई प्राेत्सान रकम दिने ललितपुर पत्रकार समाजका सचिव दिपेन्द्र परिवर्तितले जानकारी दिए ।
ललितपुर जिल्लाभित्र स्थायी बसोवास भई पत्रकारिता विषयमा अध्ययन गरिरहेका चार जना व्यक्तिहरुलाई हलिउड खवर डटकमले ललितपुर पत्रकार समाजमार्फत अध्ययन प्रोत्साहन पुरस्कार उपलब्ध गराउने छ ।
पत्रकारहरुकाे क्षमता अभिवृद्धि र पत्रकारहरुकाे हीतका लागि कल्याणकारी काेष स्थापना गर्ने ललितपुर पत्रकार समाजकाे उद्देश्य रहेकाे समाजका सचिव दिपेन्द्र परिवर्तित वताए । साे अनुरुप अगाडि बढ्नका लागि सहयोग पुगाेस् भन्ने अभिप्रायले ललितपुर पत्रकार समाजका मानार्थ सदस्य कृष्ण सञ्जेल–केसीले पत्रकार कल्याणकारी अक्षय कोषका लागि ५० हजार नेपाली रुपैयां उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएको समाजका सचिव दिपेन्द्र परिवर्तितले वताए ।