२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री शर्माद्वारा अदालतमा आत्मसमर्पण

2668 Shares
Spread the love

महोत्तरी – प्रदेश नम्बर दुईका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका छन्।

२०७२ भदौ २५ गते शसस्त्र सिमा सुरक्षाबल जलसागरमा कार्यरत असइ थमन विकको मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो। सोही मुद्दाका फरार अभियुक्त शर्माले आज आत्मसमर्पण गरेका हुन्। उनले आफ्ना कानुन व्यावसायी रमेश कुमार पाण्डे मार्फत निवेदन दिँदै आत्मसर्मण गरेका हुन्।

उनले अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफु अदालत समक्ष उपस्थित भएको बताएका छन्।

प्रतिक्रिया