मलेसिया,जोहोर बारू – विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबल राष्ट्रिय समिति मलेसियाको उद्घाटन तथा तिहार विशेष संगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

जोहोर बारू सेनाई स्थित AB-INN होटलमा रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय कार्यसमितिका उपाध्यक्ष टेक वाइबा लामाले पनासमा वत्ती बालेर कार्यक्रम उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहमा बोल्दै टेक वाइबा लामाले हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समिति र हामी नेपाली ग्लोबल राष्ट्रिय समिति मलेसिया एक साथ मिलेर अगाडी बढ्नु पर्ने , विदेशमा नेपालीहरुलाई जे जस्तो सुकै समस्या आएमा हामी नेपाली अन्तराष्ट्रिय समिति जहिले सहयोग गर्ने र आपत कालीन कोष खडा गर्नु पर्ने , विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गदै संसारभर आफ्नो शाखाहरु विस्तार गर्ने बताउनु भयो।

कार्यक्रममा सम्पूर्ण संघ सस्थाबाट नेपाल मगर संस्कृतिक संघ मलेसिया महासचिव मीन बहादुर मगर, नेपाल अन्तराष्ट्रिय तामाङ परिषद पूर्वी एसियाका संयोजक तथा नेपाल तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्वा दोर्जे मोक्तान तामाङ , नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति मलेसियाका अध्यक्ष रामकाजी तामाङ , अन्तराष्ट्रिय रोल्पा सेवा समाज मलेसियाका सल्हाकार अर्जुन बूढा मगर , नेपाल तामाङ घेदुङ मलेसियाका बरिष्ठ उपाध्यक्ष जगत दोङ तामाङ लगाएतकाे सहभागीता रहेको छ ।

हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय कार्यसमितिका मलेसियाका लागि नेपाली कन्सुलर विजय धुङले स्वागत मन्तव्य राखेको थियो ।

त्यस्तै कार्यक्रममा विशेष अतिथी फुर्वा दोर्जे मोक्तान तामाङ र अतिथी मीन बहादुर मगरले बधाई तथा दिपावाली शुभ कामना दिनु भएको थियो।


यसै विच हामी नेपाली ग्लोबल राष्ट्रिय समिति मलेसियाकै ख्यातिप्राप्त स्थानीय हास्य कलाकार, डान्सर, गायक गायिकाहरूले मञ्च तताएका थिए ।


केन्द्रीय उपाध्यक्ष टेक लामा वाइबाले कार्य समितिका पदाधिकारीहरुलाइ सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गर्नु भएको हाे ।

हामी नेपाली ग्लोबल राष्ट्रिय समिति मलेसियाका अध्यक्ष प्रकाश वाइबाको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संचालन हामी नेपाली राष्ट्रिय समिति मलेसियाका वोर्ड अफ डिरेक्टर उपेन राईले गरेका थिए ।
भिडियो हुर्नुहोस :
फोटो फिचर :













