२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

आफ्नी पत्नीसँग बबी देओलले यस्तो हर्कत गरेपछि रिसाएका अक्षय कुमारले मच्चाए बबाल

2449 Shares

मुम्बइ। बलिउड अभिनेता बबी देओलले ‘रेस–३’ मार्फत कमब्याक गरेका छन् । बबीले आफ्नो करिअरको सुरुवात फिल्म बरसातबाट १९९५ मा गरेका थिए । यो फिल्ममा बबीको अपोजिट भूमिकामा ट्वींकल खन्नाले काम गरेकी थिइन् । ट्वींकल त्यतिबेला अविवाहित थिइन् । अहिले भने उनी अक्षय कुमारकी पत्नी हुन् ।

बबीले हालै दिएको एक अन्तरवार्तामा ट्वींकलसँग जोडिएका रमाइका घटनाहरु शेयर गरेका छन् । फिल्म बरसातको सुटिङका बेला बबी ट्वींकलसँग धेरै घुलमिल गरेका थिएनन् । यद्यपि पछि फिल्म अजनबीमा बबी र अक्षय दुवैले सँगै काम गर्दै थिए । सुटिङ स्विजरल्याण्डमा भइरहेको थियो । त्यतिबेला ट्वींकल अक्षयलाई भेट्न त्यहीँ पुगेकी थिइन् । त्यही बेला ट्वींकल र बबीले सँगसँगै सनबाथ लिइरहेको समाचार आयो । यो समाचार आएपछि अक्षयले सुटिङ नै छोडेर बबी र ट्वींकलमाथि निगरानी गर्न थालेका थिए । उनी त्यतिबेला निकै रिसाएर सुटिङ नै छोडेपछि सुटिङ युनिटमा केही दिन बबाल मच्चिएको थियो । ‘अहिले यो कुरा सम्झिँदा हाँसो लाग्छ’ बबीले भने ‘सार्वजनिक ठाउँमा मैले शर्ट त खोल्दिन सनबाथ त धेरै टाढाको कुरा हो ।’

प्रतिक्रिया