२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली “मलेसिया”को उद्घाटन कार्यक्रम तयारी पुरा

2789 Shares
Spread the love

मलेसिया- धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको संस्थाले हामी नेपाली राष्ट्रिय समिति मलेसियाको उद्घाटन तथा तिहार विशेष संगीतिक कार्यक्रम तयारी पूरा भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी हामी नेपाली ग्लोबलका केन्द्रीय उपाध्यक्ष टेक लामा वाईबालाई हामी नेपाली “मलेसिया” राष्ट्रिय समितिले स्वागत गरेको  छ ।

यस उद्घाटन समारोहलाई भव्य र सभ्य रुपमा सफल बनाउन आयोजकले मलेसिया रहनुभएका  सम्पूर्ण नेपाली दाजुभाई , दिदिबहिनी , संघ, संगठन मिडिया, पत्रकार सबैलाई अनुरोध गरेको छ। जहाँ रहौं हामी नेपाली, जहाँ बसौं हामी नेपाली, जता जाऔं हामी नेपाली, जसो गरौं हामी नेपाली भन्ने मूल नारा रहेको छ।

कार्यक्रम २०१९ अक्टोबर २७ तारिख आइतबार  बिहान ११ बजे  जोहोर बारू सेनाई स्थित AB-INN होटलमा आयोजना हुन लागेको हो ।

संस्थाले मलेसिया उद्घाटन लगतै , दुबई ,कतार , साउदी, बहराइन, ओमन , जोडर्न, लेवलान,  साइप्रस,  इजरायल ,पोर्चुगल ,माल्टा ,मकाउ, इराक ,अष्ट्रेलिया, युके यी देश लगायत विश्वभर आफ्ना च्याप्टर गठन गर्ने तयारीमा रहेको जनाएको छ ।

हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय संस्थाको प्रथम अन्तराष्ट्रिय सम्मेलन नोभेम्बर २३ र २४ ,२०१९ मा संयुक्त राज्य अमेरीकाको न्युयोर्कमा हुदै छ।

प्रतिक्रिया