२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली “पोल्यान्ड” शाखाको गठन २७ अक्टोबर (भोली) हुने

1237 Shares
Spread the love

पोल्यान्ड – धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको संस्थाले  “पोल्यान्ड” शाखाको गठन २७ अक्टोबर, अर्थात् भोली २०१९ मा  हुने  भएको छ ।

उक्त कार्यक्रममा सहभागी हुन पोल्यान्डमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई हामी नेपाली ग्लोबलको पोल्यान्डका लागि नेपाली कन्सुलर राम कुमार श्रेष्ठले अनुरोध समेत गरेको छ।

हामी नेपाली ग्लोबलको बेल्जियमका लागि नेपाली कन्सुलर गीता लामा गठन कार्यक्रममा सहभागी हुन बेल्जियम बाट पोल्यान्ड प्रस्थान गरी सक्नु भएको छ।

संस्थाले पोल्यान्ड लगतै , दुबई ,कतार , साउदी, बहराइन, ओमन , जोडर्न, लेवलान,  साइप्रस,  इजरायल ,पोर्चुगल ,माल्टा ,मकाउ, इराक ,अष्ट्रेलिया, युके यी देश लगायत विश्वभर आफ्ना च्याप्टर गठन गर्ने तयारीमा रहेको जनाएको छ।

हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय संस्थाको प्रथम अन्तराष्ट्रिय सम्मेलन नोभेम्बर २३ र २४ ,२०१९ मा संयुक्त राज्य अमेरीकाको न्युयोर्कमा हुदै छ।

प्रतिक्रिया