२०८३, २३ कार्तिक आईतवार
×

तारिखमा छुटे गायक भिटेन

1148 Shares

काठमाडौँ — ‘हामी यस्तै त हो नि ब्रो …’ बोलको र्‍याप गीत गाएर चर्चामा आएका ‘भिटेन’ भनिने समिर घिसिङलाई प्रहरीले तारिखमा छाडेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहका अनुसार गायक भिटेनलाई अभिभावकको जिम्मा लगाएर तारिखमा रिहा गरिएको छ।भिटेनलाईकार्तिक १३ गते कार्यालयमा बोलाइएको छ। उनी विरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरिएको एसपी सिंहलेजानकारी दिइन्।

चर्चामा रहेकोभिटेनकोगीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादा विपरीतको विषयवस्तु रहेको भन्दै बिहीबार पक्राउ गरिएको थियो ।

प्रहरीले केही दिनअघि मात्रै ‘ह्याप्पी तिहार, चिसो बियर…’ भन्दै गीत गाएका दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएर गीतबाट केही शब्द हटाउने सर्तमा छोडिदिएको थियो।

प्रतिक्रिया