२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतको प्रसिद्ध शहर लेस्टरमा टुकी नेप्लिज युथ क्लबले भव्य रुपमा मनायो दशैं तिहार

1394 Shares
Spread the love

लेस्टर । बेलायतको प्रसिद्ध सहर लेस्टरमा टुकी नेप्लिज युथ क्लबले अक्टोवर २१ सोमबारका दिन दशैं तथा तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ | लेस्टरको अवार्ड विनिंग रेस्टुरेन्ट तड्कामा सम्पन्न उक्त कार्यक्रम क्लबका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा नेपाली राष्ट्रिय गानका साथ पन्चकन्याबाट क्लबको आइकन टुकी बालेर सुरु भएको थियो ।यस कार्यक्रममा प्रमुख अतिथि रहनु भएका आदरणीय समाजसेवी ओम गुरुंगले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा अतिथीहरु भिम सारु मगर, चम्पा थापा मगर, चुडाक थापा मगर , सत्य श्रेष्ठको उपस्थिती रहेको थियो।

नेपालबाट पाल्नु भएका बुवा आमाहरु विष्णु प्रसाद खरेल, चन्द्रा खरेल, यम प्रसाद निउरे, लीलावती निउरे, ज्ञान कुमारी घिमीरे तथा सुकलक्ष्मी श्रेष्ठ लाई अध्यक्ष र संस्था कै सदस्य रुपा खरेलले दोसल्ला ओडाई सम्मान गर्नुभएको थियो | उल्लासमय उपस्थितिका साथ सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका संस्थापक अध्यक्ष भानुभक्त घिमीरेले गर्नु भएको थियो |

कार्यक्रममा नेपाली डिजे, स्वादिस्ट परिकार एबम बिभिन्न सांगीतिक कोसेलीका साथमा स्थानीय कलाकारहरु बलराम चौलागाई, रुपा खरेल, सितल घिमिरे र रामलाल पंचोलाको पृथक नृत्य र संगीतले कार्यक्रमको माहोल तताएको थियो | सम्पूर्ण कलाकारहरुलाई अध्यक्ष सापकोटाद्वारा पुरस्कार र कृतज्ञता पत्रले सम्मान गरिएको थियो | कार्यक्रममा हेल्थ एण्ड सेफ्टी र स्वयम् सेवकको रुपमा उपाध्यक्ष चौलागाई र सदस्यहरु बाबुराम भण्डारी , सशिधर सापकोटा, दावा लामा र जीवन पुडासैनीले भूमिका निर्वाह गर्नु भएको थियो | यस संस्थाका सह-सचिब दिनेश खरेलले कार्यक्रम व्यवस्थित रुपमा सम्पन्न गर्न भूमिका खेल्नु भएको थियो |

कार्यक्रम रातको ११ बजे सम्म चलेको थियो भने अन्त्यमा देशभक्ति मुलक गितका साथमा बुबा आमाको आशीर्बाद लिदै कार्यक्रमको समापन भएको थियो |

प्रतिक्रिया