1942
Shares
काठमाडौं
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी परेको छ । हास्य टेलिश्रृंखला सक्किगोनीको टिमविरुद्ध मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा कपिराइटको उजुरी दर्ता गरेको हो ।
यसअघि आफुहरुले उत्पादन गरेको टेलिश्रृंखला ‘भद्रगोल’ का पात्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै मिडिया हबका प्रमुख सोमप्रसाद धितालले सक्किगोनीको टिम विरुद्धे प्रहरीमा उजुरी गरेको बुझिएको छ ।प्रहरीले यस विषयमा छलफल गर्न कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) को समूहलाई बोलाएको थियो ।
महानगरीय प्रहरी परिसर टेकुले छलफलका लागि कलाकार अर्जुन घिमिरे लगातलाई बोलाएको थियो ।