२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाल भ्रमण वर्ष २०२० प्रबर्धन गर्दै बेलायतमा सपोर्ट नेपालको च्यारिटी डिनर हुने

1314 Shares
Spread the love

लण्डन । नेपाली र नेपाल सम्बन्धी कल्याणकारी काम गर्दै आएका अधिकांश बेलायती तथा केही बेलायती नेपालीहरू द्वारा स्थापना गरीएको संस्था “सपोर्ट नेपालले” एक च्यारिटी कार्यक्रम गर्ने भएको छ ।

स्थानीयवासी बेलायतीहरू माझ स्वयंसेवी तथा कल्याणकारी पर्यटन प्रबर्धन गर्न , भिजीट नेपाल २०२० प्रबर्धन गर्दै कार्यक्रम आयोजना हुने भएको छ ।

नोभेम्बर २ तारिखका दिन बेलुकी बेलायतको हाईवेकममा हुने कार्यक्रमका प्रमुख अथिति बेलायतका लागी नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदी रहने र विशेष अथिति डेविड लिडिंगटन रहने सपोर्ट नेपालका अभियन्ता नवीन गुरुंगले जानकारी दिए।

सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुंगको अग्रसरतामा स्यांजाको कोल्मा भाकोट स्थित दण्डस्वरा गाऊँमा भएको कल्याणकारी भवनको निर्माणको काम , स्वयंसेवी पर्यटन , ग्रामीण बिध्यालय लगायत काम सपोर्ट नेपालले गरीसकेको छ |

यो कार्यक्रम बिसुद्ध समाजसेवा भावले बेलायती सपोर्टरहरूको सहभागितामा हुन लागेको स्यांजाको मत्किना गाऊँमा आफनै घरलाई संग्राहलय बनाएर पर्यटन प्रबर्धन र समाजसेवी दिलीप गुरुंगपनि यस अभियानका अभियंताले बताए ।

दिलीप गुरुंग र नविन गुरुंगको अग्रसरतामा स्थानीय बेलायती समुदायको सहभागितामा सपोर्ट नेपालको अभियान सुरु भएको हो ।

१०० भन्दा बढ़ी बेलायतीहरूको उपस्थिति रहने कार्यक्रममा नेपालबाट हिमालयन भोयाज़र , सांग्रिला चौधरी ग्रुपबाट बिश्व पर्यटन मेलाका प्रतिनिधिहरूको पनि सहभाग़िता रहने बताईएको छ ।

प्रतिक्रिया