२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

७ जनामा बढी मत ल्याएर स्पेनका मुक्त गुरूड क्षेत्रीय उपसंयोजकमा

1019 Shares
Spread the love

भोला लामिछाने, यूरोप

गैर आवासीय नेपाली संघ को नवौ महाधिवेशन बाट यूरोप क्षेत्रको उप संयोजकमा स्पेनका मुक्त गुरूड बिजयी भएका छन् । ७ जनाको प्रतिस्पर्धामा गुरूडले ३६९ मत प्राप्त गरि पहिला बनेका हुन् ।

३ पदका लागी भएको निर्वाचनमा गुरूड सहीत कृष्णप्रसाद तिमिल्सिना र शुक्रराज न्यौपाने पनि युरोप क्षेत्रीय उपसंयोजक पदमा बिजयी भएका छन् । तिमिल्सिनाले ३५७ मत र न्यौपानेले २८३ मत प्राप्त गरेका छन् ।

एन आर एन को स्थापना कालदेखी विभिन्न तह र पदमा बसी स्पेनमा सक्रिय रहेका गुरूड स्पेनवासी गैर आवासीय नेपालीहरूमाझ परिचित छन् । एन आर एन स्पेनको अध्यक्ष , केन्द्रीय आई सी सी सदस्य हुदै गुरूड १९,२१ कार्यकालको लागी यूरोप क्षेत्रीय उपसंयोजक बनेका हुन् । उनलाई यतीबेला थुप्रै एन आर एन हरूले बधाई तथा शुभकामना दिईरहेका छन् ।

प्रतिक्रिया