२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गौरी जोशी र महेश श्रेष्ठ आचार्यसंग मिले संगै भोटरलेपनि छोडे पन्तको साथ

753 Shares
Spread the love

काठमाडौं – गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्नका लागि केहीबेरपछि मतदान शुुरु हुँदैछ । मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि मतदान शुुरु हुने भएको हो ।

अध्यक्षका प्रत्यासी एवम् संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन् । यसैबीच, अन्तिम समयमा आएर अध्यक्षका प्रत्यासी आचार्य आफ्नो टिम शक्तिशाली बनाउन सफल भएका छन् ।

पन्तको तर्फबाट कोषाध्यक्षका उम्मेदवार हुने चर्चामा रहेका महेशकुमार श्रेष्ठ र सचिवका उम्मेदवार गौरी जोशी अन्ततः आचार्यकै प्यानलमा फर्किएका हुन् । मतदानको समय शुरु हुनु केहीबेर अघि मात्रै पन्तसँग असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठ र जोशी आचार्यको प्यानलमा फर्किएका हुन् ।

प्रतिक्रिया