२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन महासचिव बद्री केसीको प्रतिवेदन फेल

967 Shares
Spread the love

काठमाण्डौ । एनआरएनएको ९ औ बिश्व सम्मेलनको पहिलो दिन भएको IAGM मा महासचिव बद्री केसीद्वारा प्रस्तुत प्रतिवेदन पास हुन सकेन। महासचिव केसीले कदोकल्पित, झुटामुटा र भ्रमित बिषयहरुलाई समेटेर तयार गरेको प्रतिबेदन सुन्नी लायक नै थिएन।

बिश्वका विभिन्न मुलुकहरुबाट आएका एनआरएनहरुले उठान गरेका प्रश्नहरुले एनआरएनए नेतृत्वलाई नतमस्तक बनाएको थियो। सचीव जानकी गुरुङ र महिला उपाध्यक्ष सपिला राजभण्डारी ड्यासबाटै महासचिव को प्रतिवेदनको बिरोध गरेका थिए। पुर्व अध्यक्ष देवमान हिराचन र शेष घले पनि असहमति जनाएका थिए। महासचिव बद्री केसीको प्रतिवेदन फ्लोरबाट नै तिरष्कृत भएको छ।

एनआरएनएको सिण्डिकेट र पुर्व एमालेहरुको सहयोगबाट सधै निर्वाचन जित्दै आएका केसी यस पटक भने उपाध्यक्षमा चुनाव हार्ने संकेत देखा पर्न लागेका छन। बद्री केसीका कारणले एनआरएनए धरासाही भएको आम एनआरएनहरुको निष्कर्ष छ।

प्रतिक्रिया