
काठमाडौँ। युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेको छ नेपाली डान्स ग्रुप “कार्टुन्ज क्रु”। चर्चित डान्स ग्रुप “कार्टुन्ज क्रु”को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।
“दन्ते मोहनी” बोलको गीत सार्वजनिक भएको केही दिन मात्र भएको छ तर यस भिडियोले निकै चर्चा पाइरहेको छ। हाल यो भिडियो युट्युबको ट्रेन्डिङ नम्बर २ मा पर्न सफल भएको छ । यो रिपोर्ट तयार पार्दासम्म यस भिडियोलाई १२ लाख ९३ हजार २६७ जनाले हेरिसकेका छन् भने ४९ हजार बढीले लाइक गरेका छन् ।
गीतको भिडियोमा ‘कार्टुन्ज क्रु’ को सदाझैँ एकदमै दमदार नृत्य देख्न सकिन्छ । म्युजिक भिडियो भित्र राम्रो कथावस्तु बनाएर प्रस्तुत गर्ने ग्रुपले यस गीतलाई पनि पृथक् शैलीमा प्रस्तुत गरेका छन्।
“दन्ते मोहनी” गीतमा गायक सचिन फुँयालको स्वर रहेको छ। गीतको शब्द श्री थापा मगरले लेखेका हुन् भने गीतमा संगीत पनि उनकै रहेको छ।